संक्रमितको संख्या ह्वात्तै बढ्यो अहिलेसम्मकै सबै भन्दा बढी थप ५८६ जनामा संक्रमण, संक्रमितको संख्या ७ हजार नाघ्यो
530 Views
३ असार । मुलुकमा थप ५ सय ८६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय ८६ जना संक्रमित थपिएका हुन् ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या ७ हजार १ सय ७७ पुगेको छ । मन्त्रालयका अनुसार वीपी कोइाराला स्वास्थ्य प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा उदयपुरका ४ जना, सिरहाका १ जनामा संक्रमण पुष्टि भएको छ ।
विराटनगर प्रयोगशालामा झापाका २ जना, मोरङका ९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, जनकपुर प्रादेशिक अस्पतालमा भएको परीक्षणमा धनुषाका ४ जना, महोत्तरीका ५ जना, बाराका ७ जना, रौतहटका ११ जनामा संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पताल वीरगञ्जमा महोत्तरीका ६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कास्की प्रयोगशालामा भएको परीक्षणमा पर्वतका ३ जना, पूर्व नवलपरासीका १७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, सेती प्रादेशिक अस्पतालमा कञ्चनपुरका ७ जनामा पुष्टि भएको छ । यस्तै, भेरी अञ्चल अस्पताल प्रयोगशालामा बाँकेका १ जना, बर्दियाका ३१ जनामा संक्रमण पुष्टि भएको छ । रुपन्देही अस्पतालको परीक्षणमा गुल्मीका २६ जना, प्यूठानका २० जना, रुपन्देहीका ४ जना, अर्घखाँचीका ९ जनामा संक्रमण देखिएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका ८ जना, सल्यानका २५ जनामा नयाँ संक्रमित थपिएका छन् । यस्तै, जनस्वास्थ्य प्रयोगशाला टेकुमा कपिलवस्तुका १० जना, महोत्तरीका १८९, रौतहटका ३९, रुपन्देहीका ३ जना, सर्लाहीका ६ जना, प्यूठानका १ जनामा संक्रमण पुष्टि भएको छ ।
धुलिखेल अस्पतालमा धनुषाका २२ जना, रौतहटका ७७ जनामा संक्रमण पुष्टि भएको छ । शिक्षण अस्पतालमा कैलालीका १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुर्खेत प्रयोगशालामा सुर्खेतका २ जनामा,दैलेखका २ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, कर्णालीमा भएको परीक्षणमा कालिकोटका १४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, हालसम्म १ लाख २५ हजार ७ सय ९८ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ५ हजार ९ सय ९० जना छन् ।
यस्तै, आज ९ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ६७ पुगेको छ । मन्त्रालयका अनुसार मुलुकभर १ लाख ४९ हजार ७ सय ७२ जनाको पीसीआर र आरडीटीबाट २ लाख ३३ हजार ५ सय ४३ जनाको परीक्षण भएको छ ।
source:news24
प्रतिक्रिया दिनुहोस