आज थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ हजार २ सय ११ पुग्यो
571 Views
१ असार । मुलुकमा थप ४ सय ५१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ५१ जना संक्रमित थपिएका हुन् । संक्रमितमा ४ सय १६ पुरुष र ३५ महिला छन् ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या ६ हजार २ सय ११ पुगेको छ । मन्त्रालयका अनुसार विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका १ जना, सुनसरीका ३ जना, मोरङका २१ जना, झापाका १ जनामा संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पताल वीरगञ्जमा पर्साका १० जना, रौतहटका १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कास्की प्रयोगशालामा भएको परीक्षणमा तनहुँका ५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सेती प्रादेशिक अस्पतालमा कैलालीमा ५ जना, डोटीको ४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, भेरी अञ्चल अस्पताल प्रयोगशालामा बाँकेका ५ जना, बर्दियाका १६ जना, प्यूठानका ३ जनामा संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ४३ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, जनकपुर प्रादेशिक अस्पतालमा भएको परीक्षणमा महोत्तरीका २० जना, धनुषाका ४ जनामा संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा भएको परीक्षणमा रोल्पाका ४ जनामा, काठमाडौंका १ जनामा पुष्टि भएको छ ।
यता, सुर्खेत प्रादेशिक अस्पतालमा दैलखेका ८८ जना, सुर्खेतका १९ जनामा पुष्टि भएको छ । हेटौंडा प्रयोगशालामा रौतहटका २५ जनामा संक्रमण पुष्टि भएको छ । शु्क्रराज अस्पतालमा भएको परीक्षणमा धादिङका ९ जना, काठमाडौंका १ जनामा पुष्टि भएको छ ।
यस्तै, जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाराका १ जना, गुल्मीका ७ जना, कपिलवस्तुका १, महोत्तरी १०, पाल्पाका १०, महोत्तरीका, रुपन्देहीका ७ जना, सर्लाहीका २३, सिरहाका ४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, जुम्लामा भएको परीक्षणमा दैलेखका ५ जना, शिक्षण अस्पतालमा भएको परीक्षणमा कैलालीका १ जनामा, पाटन प्रयोगशालामा ललितपुरका १, काठमाडौंका २ जनामा पुष्टि भएको छ ।
यस्तै, भरतपुर अस्पतालमा भएको परीक्षणमा नुवकोटका ३ जना, अर्घाखाँचीका ३ जना, चितवनका १ जनामा संक्रमण पुष्टि भएको छ भने रुपन्देही अस्पतालको परीक्षणमा रुपन्देहीका ५, गुल्मीका २ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, हालसम्म १ लाख ३३ हजार ८ सय २९ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ५ हजार १ सय ५१ जना छन् । यस्तै, आज ६७ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या १ हजार ४१ पुगेको छ ।
मन्त्रालयका अनुसार मुलुकभर १ लाख ३८ हजार ६ सय ८३ जनाको पीसीआर र आरडीटीबाट २ लाख १९ हजार ३ सय ३६ जनाको परीक्षण भएको छ ।
साभार: न्युज 24
प्रतिक्रिया दिनुहोस