आज अहिले सम्मकै बढि कोरोना संक्रमण ४ सय ४८ जना पुष्टि, संक्रमितको संख्या ५ हजार ६२ पुग्यो
544 Views
३० जेठ । मुलुकमा थप ४ सय ४८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय जना ४८ संक्रमित थपिएका हुन् । संक्रमितमा ४ सय २४ पुरुष र २४ महिला छन् ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या ५ हजार ६२ पुगेको छ । मन्त्रालयका अनुसार विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका २ जना, झापाका ७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, कोशी अस्पतालमा गरिएको परीक्षणमा इलामका १ जना, झापाका ६, सुनसरीका १० जनामा संक्रमण पुष्टि भएको छ । उता, वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा भएको परीक्षणमा सप्तरीका १७ जना, उदयपुरका ३ जना, सिरहाका ११ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै कास्की प्रयोगशालामा भएको परीक्षणमा पवर्तका १३ जना, स्याङजाका २२ जना, नवलपरासी पूर्वका १, तनहुँका १ जनामा पुष्टि भएको छ । भरतपुर अस्पतालमा भएको परीक्षणमा चितवनका ८ जना, पाटन अस्पताल प्रयोगशालामामा धादिङका १ जनामा संक्रमण पुष्टि भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा महोत्तरीका १० जना, चितवनका ८ जना संक्रमित थपिएका छन् । यस्तै, भेरी अञ्चल अस्पताल प्रयोगशालामा बर्दियाका १५ जना र बाँकेका १ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल अस्पतालमा भएको परीक्षणमा नवलपरासी पूर्वका ४ जना, मोरङका १ जना, धादिङका २७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, जनकपुर प्रादेशिक अस्पतालमा भएको परीक्षणमा धनुषाका १४ जना, महोत्तरीका ६ जना, सर्लाहीका ३ जनामा संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा भएको परीक्षणमा कपिलवस्तुका ४ जना, सर्लाहीका ४ जनामा संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ८ जनामा संक्रमण पुष्टि भएको छ । यता, सुर्खेत प्रादेशिक अस्पतालमा दैलेखका ३८ जना, सुर्खेतका ४५ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, रुपन्देही प्रादेशिक अस्पतालमा भएको परीक्षणमा अघार्खाँचीका २ जना, गुल्मीका १, पाल्पाका १ जना, प्युठानका २, रुपन्देही १६ जना, नवलपरासी पश्चिमका २ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका १ जना, धादिङका १, धनुषाका १ जना, नुवाकोटका १, रौतहटका ८६ जना, काठमाडौंका १ जना, सर्लाहीका ५० जना, संक्रमण पुष्टि भएको छ ।
यस्तै, हालसम्म १ लाख ५८ हजार ५० जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ४ हजार १सय ६९ जना छन् । यस्तै, आज १६ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ८ सय ७७ पुगेको छ ।
मन्त्रालयका अनुसार मुलुकभर १ लाख २१ हजार ८ सय ६२ जनाको पीसीआर र आरडीटीबाट १ लाख ८८ हजार ९ सय जनाको परीक्षण भएको छ ।
source: news24
प्रतिक्रिया दिनुहोस