थपिए गण्डकी प्रदेशमा १६ जना कोरोना संक्रमण, जसमा बागलुङका १०, पर्वतका ४, म्याग्दीका १ र स्याङ्जाका १
654 Views
पोखरा २२ जेठ । गण्डकी प्रदेशका १६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । संक्रमितहरू बागलुङका १०, पर्वतका ४, म्याग्दीका १ र स्याङ्जाका १ जना रहेका छन् ।जसमा बागलुङको निसीखोला गाउँपालिकाका ३३ वर्षीय महिला, २२ र २९ वर्षीय पुरुष, बडिगाड गाउँपालिकाका १२, २०, २१ र २५ वर्षीय पुरुष, गलकोट नगरपालिकाका २०, २२, २३ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । बागलुङमा कोरोना भाइरस संक्रमित हुनेको संख्या १८ पुगेको र २ जना निको भएर घर फर्कीएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस्तै पर्वतको बिहादी गाउँपालिकाका २४ र २८ वर्षीय पुरुष, फलेवास नगरपालिकाका २१\२१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । योसँगै पर्वतमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १८ वर्षीय पुरुष र म्याग्दीको मंगला गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ पुष्टि भएकासँगै स्याङ्जामा कोरोना संक्रमितको संख्या १३ र म्याग्दीमा २ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस