आज बिहानै थपिए ३२ जना काेराेना संक्रमित, नेपालमा संक्रमितकाे संख्या ५४८ पुग्याे
749 Views
१० जेठ।विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण पछिल्ला केहि दिनमा नेपालमा पनि वढ्दो क्रममा देखिएको छ । चैत ११ गतेदेखि देश नै ‘लकडाउन’मा भएतापनि काेराेना संक्रमितकाे संख्या दिनहुँ बढ्दै गएकाे पाइन्छ ।
आज (शनिबार) पनि नेपालमा थप ३२ जनामा काराेना पुष्टि भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमित संख्या ५४८ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसार आज कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयाेशाला, काठमाडाैंमा गरिएकाे परीक्षणमा कपिलबस्तु वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरूषहरू र २७ वर्षीया महिलामा काेराेना पाेजेटिभ देखिएकाे छ ।
त्यस्तै काठमाडाैंमा नै गरिएकाे परीक्षण गरिएकाे सर्लाही गाेडैता, काविलासी नगरपालिकाका १८, २०, २०, २०, २१,२२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षीय पुरूषहरूमा र बरा, करैयामाइ गाउँपालिकाकी ३७ वर्षीया महिलामा काेराेना भेटिएकाे हाे । साथै काठमाडाैंका ३५ वर्षीय पुरूषमा पनि काेराेना पाेजेटिभ पुष्टि भएकाे छ ।
प्रदेशिक जनस्वास्थ्य प्रयाेशाला , भैरहवमा गरिएकाे परीक्षणमा रूपन्देही गैडहवा र राेहिणी गाउँपालीकाका २०, २०, २४, २४, २७, ३०, ३०, ५५ जना पुरूषहरूमा काेराेना पाेजेटिभ भेटिएकाे हाे ।
त्यस्तै भरतपुर अस्पतालमा गरिएकाे परीक्षणमा चितवन-६ का ५२ वर्षीय पुरूषमा काेराेना संक्रमण भएकाे छ ।
कुल संक्रमितमध्ये ३ जनाको मृत्यु भइसकेकाे छ भने ७० जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला, बाँकेका २५ वर्षीय युवक र गुल्मीका ४१ वर्षीय पुरुषकाे मृत्यु भएकाे छ ।
शुक्रबार ५९ जना नयाँ संक्रमित भेटिएका थिए । त्यस्तै बिहीबार २९, बुधबार २५, मंगलबार ८३, साेमबार ८० र आइतबार १४ जनामा कोरोना पुष्टि भएकाे थियाे । हालसम्म नेपालका ७७ जिल्लामध्ये ३८ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।
देशभरका क्वारेन्टाइनमा २७ हजार आठ सय २९ जना छन् । त्यस्तै हालसम्म ४२ हजार पाँच सय १७ जनाको आरटी पिसिआर परीक्षण गरिएको छ भने ८२ हजार एक सय १६ जनाको आरडिटी परीक्षण भएको छ । चैत ११ गते देखि देश नै ‘लकडाउन’मा छ ।
साभार: न्युज 24
प्रतिक्रिया दिनुहोस