थप ४ जनामा कोरोना संक्रमण पुष्टि, चारैजना भारतको मुम्बैबाट फर्केका थिए
560 Views
६ जेठ । कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार जिल्लाकाे मायादेवी गाउँपालिका वडा नं ४ का ३ जनामा तथा साेही गाउँपालिका वडा नं ३ का १ जनामा संक्रमण देखिएकाे हाे ।
केही दिनअघि भारतबाट फर्किएर मायादेवी गाउँपालिकाले बनाएकाे जनता प्राविमा रहेकाे क्वाररेन्टाइनमा बस्दै आएका थिए । पीसीअार परीक्षण गर्दा उनीहरूमा संक्रमण देखिएकाे कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताएका छन् ।
संक्रमितहरू एक जना २० वर्षीय युवक रहेकाे र अन्य तीन जना ४० देखि ४५ वर्षका पुरुष रहेकाे बताइएकाे छ । यसकाे स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।
कपिलवस्तुमा थप ४ जना कोरोना संक्रमित फेला
,कपिलवस्तु जेठ ६
कपिलवस्तुमा थप ४ जनामा कोरोना पुष्टी भएको छ । यससंगै जिल्लामा कोरोना संक्रमतिको संख्या ४७ पुगको छ । प्रदेश नम्बर ५ को जन स्वास्थय प्रयोगशला भैरहवामा गरिएको पिसिआर परिक्षण पछि मायादेबी गाउपालिका चार जनामा कोरोना पुष्टी भएको हो । योसंगै मायादेबीमा नौ जना कोरोना संक्रमित भएका छन । गाउपालिका स्वाथ्य शाखा अनुसार गाउपालिकाको वडा नम्बर ४ का ३ जना र वडा नम्बर ३ का एक जना पुरुषमा कोरोना देखिएको हो । गाउपालिका स्वास्थ्य संयोजक महेन्द्र प्रसाद यादवले वडा नम्बर ४ गौराका ४० बर्षिय, ४२ बर्षिय र सोही वडाको बुलाडिहवाका ४२ तथा वडा नम्बर ३ का ३० बर्षियमा कोरोना पुष्टी भएको बताए । चार जना नै भारतको मुम्बैबाट बैशाख तेश्रो साता चोर नाका हुदै जिल्ला फर्केका थिए । उनीहरुलाई स्थानीयको सहयोगमा प्रहरीले क्वारेननटाईनमा लगको थियो । संक्रमित चार जना नै क्वारेनटाईनमा १४ दिन बसे पछि गत शनिवार रर्यापिट टेस्ट गर्दा समेत पोजेटिभ देखिएको स्वास्थ्य संयोजक यादवले बताए । गत आईतावार उनहिरुको स्वाब सकलन गरी पठाईएको थियो । वडा नम्बर ४ का ३ जना पुरुष त्यही वडामा रहेको जनता प्राबि सानो पिपरा तथा वडा नम्बर ३ का संक्रमित गाउपालिकाको वडा नम्बर १ स्थित छत्रपाली तिथार्दबेी उमाबिको क्वारेन्टाईनमा छन । बुटवल र भैरहवामा रहेको कोरोना अस्पताल भरिभराउ भए पछि संक्रमितलाई कुन अस्पतालमा लैजना भन्ने अन्यौल बढेको छ । सामेवार पनि सोही गाउपालिकाका थप पाच जनामा आरटिडी पोजेटिभ देखिए पछि पिसिआरकालागि स्वाब संकलन गरी भैरहवा पठाईएको जिल्ला स्वास्थय कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । जिल्लाको यशोधरामा १२, कपिलवस्तु नगरपालिकामा नौ, बुद्धभुमीमा ४, कृष्णगनरमा ८, शिवराजमा ३, बिजयनगरमा एक, बाणगंगामा एक जन सक्रमित भेटिएका छन । ४७ मध्ये ४५ पुरुष र २ महिला हुन ।
साभार: न्युज 24
प्रतिक्रिया दिनुहोस