५३ संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ३ सय ५७ पुग्यो
399 Views
५ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या थपिने क्रम तीब्र बनेको छ । आज दिउँसो मात्र ५३ संक्रमित थपिएका छन । विहान मात्र ९ संक्रमित थपिएको नेपालमा दिउँसो पुनः ५३ संक्रमित थपिदा संक्रमितको संख्या ३ सय ५७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटा आज दिउँसो एकै पटक ५३ संक्रमित थपिएको जानकारी दिनुभयो ।
बाँकेको विस्फोटक तथ्यांक
बाँके जिल्लामा एकैदिन ४७ जनामा कोरोना पुष्टि भएको छ । ४६ पुरुष र १ जना महिला गरी ४७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
भेरी अस्पतालस्थित प्रयोगशालामा परीक्षण गर्दा बाँकेको नरैनापुर क्षेत्रका ४७ जनामा कोरोना पोजेटिभ भेटिएको जनाएको छ । आइतवार विहान कोरानाका कारण एक जना २५ बर्षीय पुरुषको मृत्यु भएको थियो । पुरुष बैशाख ३० गते भारतबाट आएका थिए ।
यो भन्दा अगाडि नरैनापुरबाटै ८ जनामा कोरोना पुष्टि भएको थियो । उनीहरुको कन्ट्याक्ट ट्रेसिङग गर्दा थप ४७ जनामा कोरोना पोजेटिभ भेटिएको भेरी अस्पतालले जनाएको छ ।
उहाँका अनुसार हालसम्म संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनिहरु १८ बर्षदेखि ४६ बर्षसम्मका रहेका छन् । हालसम्म ३६ जना कोरोना पोजेटिभ भएका निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ ।
यसैगरी मोरङमा पनि एक संक्रमित थपिएका छन् । त्यस्तै भैरहवाको प्रयोगशालामा भएको परीक्षणमा गुल्मीका एकजना ४१ बर्षीय पुरुषको रिपोर्ट पोजिटिभ आएको छ भने धुलिखेलमा गरिएको परीक्षणमा ४ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।
प्रवक्ता देवकोटाका अनुसार धुलिखेलमा गरिएको परीक्षणबाट जनकपुरका १ , रौतहटका १, दाङ्गक १ र धादिङका १ जनामा संक्रमण पाइएको छ । उनीहरु सबैको उमेर १८ देखि ४६ बर्षको छ ।
यसरी संक्रमित पुरुषको संख्या २ सय ९८ पुगेको छ भने ५९ महिला रहेका छन् । यस्तै संक्रमित जिल्ला पनि ३१ पुगेको छ । अहिलेसम्म संक्रमितमध्ये ३६ जना निको भइसकेका छन् भने २ जनाको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस