नयाँ उमंग,नयाँ जोस र नयाँ जाँगर होस् सबैको: सिम्रन मोक्तान तामाङ,सिन्धुपाल्चोक
845 Views

नयाँ उमंग,नयाँ जोस र नयाँ जाँगर होस् सबैको
केही भुल्नै नसक्ने पल जीवन भर होस् सबैको
अधुरा अनि अपुरा रहेका पुरा हुन यस वर्षभित्र
अनि खुशी नै खुशीले भरिएको घर होस् सबैको
फुल झैँ मगमग बसाउने मिठो सुगन्ध होस्
हँसिलो मुहारहरुमा मुस्कान मन्द मन्द होस्
यो नयाँ सालले साँच्चिकै नयाँ उपहार दिउन
कहिले नि नटुटने सबैसँग राम्रो सम्बन्ध होस्
सोचाइ परिवर्तन होस् बोली र वचन मिठास होस्
गरिबको पनि घरघरमा गाँस,बास र कपास होस्
सरकारको ध्यान जाओस्,कसै भोकै मर्न नपरोस्
राहतमा भ्रष्टाचार नहोस्,मानवताको विकास होस्
Simran Moktan✍️
मलाई म्यासेन्जरमा शुभकामना दिनु हुने सम्पूर्णलाई हृदय देखि धन्यवाद।
प्रतिक्रिया दिनुहोस