कोरोना भाइरस (कोभिड-१९) बाट हुन सक्ने संक्रमितको उपचारका लागि नेपाली सेनाले थाल्यो तयारी
854 Views
खोज मिडिया, नेपाली सेनाले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट हुन सक्ने संक्रमितको उपचारका लागि तयारी थालेको छ। पूर्व तयारी स्वरूप शनिबार मुख्यालय भद्रकालीस्थित फुटबल मैदानमा अस्थायी टेन्ट बनाएको हो।
टेन्टमा संक्रमित सैनिक तथा आवश्यक परेमा सर्वसाधारणलाई समेत राखिने छ। सरकारबाट कोरानाको उच्च सर्तकता र तयारी गर्न निर्देशन भए अनुरुप नेपाली सेनाले सर्वसाधारणलाई समेत क्वारेनटाईनमा राखेर उपचार गर्ने बताएको छ।
सेनाले टुँडिखेलमा समेत यस्तै किसिमको उपचार केन्द्र बनाउने तयारी गरिरहेको मुख्यालयले जनाएको छ।
साभार: अन्नपुर्ण पोष्ट
प्रतिक्रिया दिनुहोस