कोरोना भाइरसका कारण अमेरिकामा ४१ जनाले गुमाए ज्यान, चीनमा कोरोना संक्रमण घट्दै
936 Views
एजेन्सी, अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउने र नयाँ संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । विभिन्न विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार बिहीबार मात्रै अमेरिकामा तीन जनाकाे मृत्यु भएकाे छ भने ४१५ जना नयाँ संक्रमित थपिएका छन् ।
चीनमा भने बिहीबार थप एक जनाकाे मात्र मृत्यु भएकाे र ४ जना मात्रै नयाँ संक्रमित भेटिएकाे वर्ल्डो मिटरर्स डट इन्फोले जनाएकाे छ ।
चीनले कोरोना भाइरसको प्रभाव चीनमा समाप्त भइसकेकाे घोषणासमेत गरेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनालाई महामारी घोषणा गरेकै भोलिपल्ट बिहीबार चीनले आफ्नो देशमा कोरोनाको प्रभाव समाप्त भएको घोषणा गरेको हो ।
अमेरिकामा बिहीबार थप तीन जनाको मृत्यु भएसँगै कोराेना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । कोरोना भाइरसका कारण अमेरिकामा सोमबार पाँच, मंगलबार चार र बुधबार ८ जनाको मृत्यु भएको थियो ।
वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार यो समाचार तयार परिसक्दासम्म अमेरिकामा १ हजार ७१६ जनामा कोरोनाको संक्रमण देखिएको छ । जसमध्ये ९ जना जटिल अवस्थामा छन् भने २५ जना पूर्ण रुपमा निको भइसकेका छन् ।
विश्वव्यापी रूपमा भने कोरोना सङ्क्रमित व्यक्तिको संख्या १ लाख ३४ हजार नाघिसकेको छ । यस रोगबाट हालसम्म ४ हजारभन्दा ९ सयभन्दा बढीको मृत्यु भइसकेको छ । चीनपछि दाेस्राे धेरै संक्रमित र मृतक इटलीमा रहेका छन् भने त्यसपछि इरान, दक्षिण काेरिया लगायत देशमा यसकाे प्रकाेप बढी देखिएकाे छ ।
हालसम्म विश्वव्यापी रूपमा काेराेनाबाट संक्रमितमध्ये ६८ हजार ९ सयभन्दा बढी पूर्ण रुपमा निको भएका छन् भने ५ हजार ९ यसभन्दा बढी जटिल अवस्थामा छन् ।
गत डिसेम्बरको अन्तिमतिर चीनको वुहानबाट फैलिएको यो भाइरस अहिले १ सय २० भन्दा बढी मुलुकमा फैलिसकेको छ ।
प्रतिक्रिया दिनुहोस