चौथो अमिलो पानी महोत्सव तथा डम्फू सेलो हुने
917 Views
खोज मिडिया, फागुन २५ सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा ‘अमिलो पानी महोत्सव तथा डम्फु सेलो सांस्कृतिक कार्यक्रम’ हुने भएको छ । शनिबार साझा भोथाङ संस्थाले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत १९ गते महोत्सव हुने जानकारी दिएको हो ।
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकामा ‘अमिलो पानी महोत्सव तथा डम्फू सेलो साँस्कृतिक’ कार्यक्रम हुने भएको छ । साझा भोथाङ संस्थाले राजधानीमा पत्रकार सम्मेलन गर्दै चैत्र १९ गते चौथो अमिलो पानी महोत्सवको विषयमा जानकारी गराएको हो ।
साझा भोथाङका संयोजक कर्मा लामाले नेपाल भ्रमण वर्षको अवसरमा भव्य रुपमा अमिलो पानी महोत्सव गर्ने योजना भएपनि कोरोना भाइरसका कारण केही मात्रामा प्रभावित भएको बताए । स्थानीय तहमा कार्यक्रम गर्ने भएतापनि यसको महत्व र प्रवद्र्धन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आवश्यक भएको पत्रकार सम्मेलनमा लामाले जानकारी दिए ।
‘सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका देशकै मुख्य पर्यटकीय गन्तव्य हो । पाँचपोखरी भन्ने वित्तिकै यहाँको धार्मिक आस्था महत्वप्रति सबैको विश्वास छ,’ संयोजक लामाले भने,‘यही ठाउँमा पर्छ भोथाङ । भोथाङकै आँगनमा रहेको अमिलो पानी देशकै सम्पती हो । यसको प्रवद्र्धनका लागि पनि महोत्सव गर्दैछौं ।’
विश्वव्यापि विज्ञान प्रविधिको ल्याप टेष्टले समेत अमिलो पानी मानव स्वाथ्यका लागि पुष्टि भएको रिपोर्ट दिएको लामाको भनाइ छ । यसकारण गाउँपालिकामा मात्रै नभएर देशकै आर्थिक स्रोतमा अमिलो पानीले राहत दिने उनको विश्वास थियो । ‘सिन्धुपाल्चोकको अमिलो पानी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा समेत प्रवद्र्धन गर्नु पर्छ।’ लामाको भनाइ थियो ।
उनका अनुसार आगामि चैत्र १९ गते भोथाङको वडा ३ मा उक्त कार्यक्रम हुने छ । कार्यक्रममा स्थानीय मौलिक कला संस्कृति र परम्परालाई प्रवद्र्धन गर्ने उदेश्यका डम्फू सेलो साँस्कृतिक कार्यक्रम समेत हुने छ । यसका लागि स्थानीय कलाकार, ताम्बाहरुले स्थानीय भाषामा डम्फू सेलोहरु समेत प्रस्तुत गर्ने छ ।
अमिलो पानीको महत्व
पाँचपोखरी थाङपाल गाउँपालिका भोथाङ वडा ३ मा रहेको अमिलो पानीको ऐतिहासिक महत्व रहेको छ । यहाँको पानी पिउदा स्वास्थ्यलाई फाइदा पुग्ने र विभिन्न रोगहरु न्युनिकरण हुने विश्वास छ । यहाँको पानी पिउँदा ग्याँस्ट्रिक निको हुने विश्वास छ । यसकारण यस क्षेत्रको स्थानीयले मात्रै नभएर विभिन्न क्षेत्रका सर्वसाधरणले यहाँको पानी पिउने गरेका छन् ।
अमिलो पानीको तीन पटक ल्याब टेष्ट गरिसकेको छ । ल्याब टेष्टको रिपोर्टले अमिलो पानी मानव शरीरलाई अति आवश्यक भएको पृष्टि गरी सकेको छ । यसकारण अमिलो पानीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धनका लागि तीन पटकसम्म अमिलो पानी महोत्सव भइसकेको छ ।
महोत्सवका लागि ५ लाख बजेट
चौथो पटक हुन लागेको महोत्सवका लागि करिव ५ लाख बजेटको व्यवस्थापनमा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । ‘अमिलो पानी महोत्सव तथा डम्फू साँस्कृतिक कार्यक्रमका लागि बागमति प्रदेशका उद्योग पर्यट वन तथा वातावरण मन्त्री अरुण नेपाल प्रमुख अतिथि हुने छ । यस्तै सिन्धुपाल्चोकका प्रदेशका सांसद, विशिष्ट व्यक्तित्वहरुको सहभागीतमा कार्यक्रम हुने आयोजकले जनाएको छ ।
न्युज साभार: टुरिजम समाचार
प्रतिक्रिया दिनुहोस