तामाङ चलचित्र ख्लासी आनिउ भोलि जमल नाचघरमा प्रदर्शन हुने
832 Views
खोज मिडिया काठमाडौँ,
काठमाडौँ,16 फागुन । तामाङ फाउण्डेशन नेपालका अध्यक्ष अरुण घिसिङद्वारा निर्मित , निर्देशित तामाङ चलचित्र ‘ख्लासी आनिउ’ को पहिलो गीत ‘डिहिरी छार्वा’ सार्वजनिक गर्दै यहि फाल्गुन 17 गते सनिबार जमल नाचघरमा पहिलो प्रदर्शन गर्ने भएका छन् । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त चलचित्रको पहिलो गीत सार्वजकि संगै उक्त चलचित्र प्रदर्शन बारे जानकारी दिएका हुन ।
उक्त फिल्मका निर्माता तथा निर्देशक घिसिङले तामाङ समूदायमा आधारित अहिलेसम्म एक सय ३० वटा फिल्म निर्माण भइसकेको जनाउँदै भने,‘नेपाली समाजमा तामाङ समूदाय उत्पीडनको समुदाय, यसलाई उजागर गर्न जरुरी छ ।अहिलेसम्म गुणस्तरीय तामाङ फिल्म नभएको र दर्शकका आकांक्षालाई पुरा नगरेको कारण दर्शकको इच्छा र आकांक्षालाई ध्यान राखेर चलचित्र निर्माण गरिएको उनले बताए । उक्त चलचित्रले मूलधारका नेपाली चलचित्रसंग प्रतिष्पर्धा गर्ने उनको दाबी छ । ‘ख्लासी आनिउ’ को दोस्रो भागको लागि काम भइरहेका समेत उनले जनाए । उनले भने,‘आगामी बैशाखसम्ममा यो चलचित्रको दोस्रो भाग आईसकेका छन् ।’ तामाङ समूदायकोसामाजिक जीवनमा आधारित तामाङ कथानक चलचित्र यही फागुन १७ (शनिबार) बिहान ११ बजेदेखि काठमाडौंको जमलस्थित् राष्ट्रिय नाँचघरमा प्रदर्शन हुने निर्देशक घिसिङले जानकारी दिएका थिए ।
त्यसैगरी कार्यक्रममा गीतका लेखक तथा फिल्मका नायक ऋतुराज पाख्रिनले गाउँका सामान्य जीवनलाई चलचित्रमा उतारिएको स्पष्ट पारे । उनले भने,‘तामाङ समूदायका उत्पीडनलाई चलचित्रको माध्यमबाट उजागर गर्न जरुरी छ ।’ कलाकारलाई राज्यबाट कुनै सहयोग नरहेको उनको गुनासो थियो । कलाकारको पीडालाई राज्यले बुझ्न आवश्यक रहेको पनि उनले आवश्यकत्ता औंल्याए । ‘च्यारिटीको भरमा हामीले चलचित्र निर्माण गर्दै आएका छौं, समुदायमा आधारित चलचित्रलाई प्रोत्साहन गर्न राज्य गम्भीर हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस