बोन्बो सम्मेलन सम्पन्न
933 Views
नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय बोम्बो सम्मेलन सम्पन्न भएको छ । नेपाल तामाङ बोम्बो संरक्षण समाजको आयोजनामा सो सम्मेलन शनिबार र आइतबार काठमाडौँको बौदमा भएको हो ।
नेपाल सरकारको लक्ष अनुसार नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ‘‘पर्यटन र बोम्बो संस्कृति: नेपालको मौलिक पहिचान विश्वको लागि फरक खोज’’ नारासहित सम्पन्न गरिएको हो । काठमाडौँ क्षेत्र न ३ का संघिय सांसद कृष्ण राईको प्रमुख आतिथ्यता तथा बागमती प्रदेशका संसद प्रेम तामांगको विशेस आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न जिल्लाको झाँक्रीहरुले आफ्नो क्षेत्रका झाँक्री नाच प्रस्तुत गरेका थिए ।
बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा, नेपाल भ्रमण वर्ष बाग्मती प्रदेशको सदस्य शिव लामिछाने, ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुबेदि, बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्जीत लामालगाएतको सहभागीता रहेको थियो । बोम्बो समाजका अध्यक्ष महाराज भोम्जनको सभापत्तित्वमा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधहरु रहेका थिए ।
कार्यक्रममा एसिआरसिका अध्यक्ष तथा बोम्बो सम्बन्धि अनुसन्धानकर्ता खोजराज गोलेले बोम्बो सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनको संयोजन भने चन्द्रजीत मोक्तानले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस