बहस सकिए आजै फैसला हुने महराको अन्तिम सुनुवाई
658 Views
४ फागुन, काठमाण्डौं । प्रतिनिधिसभाका निर्वतमान सभामुख कृष्ण बहादुर महरामाथिको अभियोगका बारे अन्तिम सुनुवाई शुरु भएको छ ।
संसद् सचविायलकी एक कर्मचारीमाथि बलात्कार प्रयासको आरोप खेपिरहेका निर्वतमान सभामुखको सो मुद्दाबारे उच्च अदालतले १ महिना भित्रै निरुपण गर्नु भनि जिल्ला अदालतलाई आदेश दिएको थियो ।
जिल्ला अदालत काठमाण्डौंका श्रेष्तेदार आनन्द प्रसाद श्रेष्ठका अनुसार न्यायाधिश अमरराज पौडेलको इजलासले सो मुद्दाको अन्तिम किनारा लगाउने छ ।
कार्तिक १८ मा डिल्ली बजार सदरखोर चलान भएका महरासँग ‘एमसीसी रोकेको र संसदमा सरकारको काम भन्न नदिएको’ थप टिप्पणी समेत सार्वजनिक भएका थिए ।
प्रतिक्रिया दिनुहोस