ह्याङला दोलखा काठमाडौ तामाङ समाजद्वारा ल्होछार कार्यक्रम सम्पन्न
671 Views
खोज मिडिया काठमाडौ,
तामाङ समुदायको महत्त्वपूर्ण सास्कृतिक पर्व सोनाम ल्होछार मन्जुश्री सम्बत २८५६ जीवा /नम्युङ ल्हो मुसा वर्गको विशेष अवसर पारेर ह्याङ्ला दोलखा काठमाडौ तामाङ समाजले गत शनिबार बृहत ल्होछार सास्कृतिक महोत्सब कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।
सस्थाको अध्यक्ष सरोज मोहन तामाङको सभापतित्व र सस्थाको महासचिब छेवाङ तेन्जिन लामा सचिब मिन बहादुर तामाङको संचालनमा प्रमुख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि पार्बत गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिशेष अतिथिहरु प्रदेश संसद पशु[पशुपति चौलागाई ,विशाल खड्का ,हिमाली गोले,लगायत नेपाल तामाङ घेदुङको उपाध्यक्ष कुमार घिसिङ,अन्तरास्ट्रिय तामाङ परिसद सचिब रबिन तामाङ,तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकर उपस्थिति रहेको थियो भने अतिथिहरुमा समाजको सल्लाहकारहरु धर्मेन्द्र मोक्तान,रमेश कुमार पाख्रिन ,प्रताप लामा,नेपाल तामाङ बिद्यार्थी घेदुङको अध्यक्ष दिनेश लो,ट्रेकिङ्ग एसोसियसन अफ नेपालका अध्यक्ष खुम सुबेदी ,दोलखाली समाजसेवी तथा नेता कुयाङ लामा ,बसन्त राज कार्की ,बिदुर शर्मा लगायत अन्य अथिथिहरु उपस्थितिमा सम्पन्न भएको थियो ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि,बिशेष अतिथि लगाएत अतिथिहरुले ल्होछारको शुभकामना आदान प्रदान, ल्होछारको बारेमा चर्चा परिचर्चा गर्दै कार्यक्रम सफलताको शुभकामना समेत दिनु भएको थियो ।
उक्त कार्यक्रम औपचारिक र अनौपचारिक कार्यक्रम गरि दुइ भागमा सम्पन्न गरेकोमा अनौपचारिक सास्कृतिक कार्यक्रम सस्थाकै महासचिब छेवाङ तेन्जिङ लामा र संचारकर्मी तथा गायिका सन्ध्या सुस्केरा मोक्तानले संचालन गरेका थिए ।कार्यक्रममा एक हजार भन्दा बढी दोलखाली र गैर दोलखाली दर्शकहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस