गुम्बाको आयोजनामा ल्होछार बिशेष सास्कृतिक कार्यक्रम सम्पन्न
1271 Views
देछेन सहुर लिंग गुम्बा निर्माण सहयोगार्थ स्वरूप देछेन सहुर लिंग गुम्बाको आयोजनामा रास्ट्रीय पर्ब सोनाम ल्होछार २८५६ औ जीवा ल्हो अर्थात (मुसा बर्ष)को पावन अबसरमा सोनाम ल्होछार बिशेस बृहत सास्कृतिक कार्यक्रम हेटौडा-१९ नेवारपानी बर्कौलेमा यहि गएको माघ -१४ गतेका दिन सम्पन्न भएको छ|
प्रमुख अतिथी बाग्मती प्रदेश सभा सदस्य माननीय कुमारी मोक्तान ज्युको आथित्य र बिशेष अथिति बागमती प्रदेश सभा सदस्य ओम घ्लान ज्यु आथित्यतामा बिभिन्न अतिथी ज्युहरुको समुपस्थितिमा लोक लामा मोक्तानको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो |
उक्त कार्यक्रममा प्रमुख अतिथि कुमारी मोक्तानले इतिहासमा तामाङको राज्य देखि आफ्नो रिति रिवाज, ,धर्म ,सस्कृति ,चाड पर्ब समेत राज्यले खोसिएको अबस्थामा अहिले तामाङहरुले स्वतन्त्र रुपमा आफ्नो धर्म, सस्कृति र चाड पर्वलाई मनाउन सक्नु इतिहासलाई जित्नु हो र यसलाई जोगाई राख्न, गुम्बा निर्माण गर्न ,ल्होछार जस्ता चाड पर्वलाई सधै मनाइ राख्न आफ्नो ठाउबाट तत्पर रहेको कुरा बताउनु भयो|
साथै उक्त सास्कृतिक कार्यक्रममा रास्ट्रीय कलाकारहरु चर्चित म्हेन्दो माया गायक चिजा लामा लेकाली ,गायिका तथा संचारकर्मी सन्ध्या सुस्केरा ,लोक दोहोरी तथा सेलो गायक जनक लामा ,अर्चना स्याङतान ,म्हेन्दो माया गायिका शान्ति मम्बा,गीतकार तथा साहित्यकार सिम्रन मोक्तान लगायत स्थानीय कलाकार भाई बहिनीहरुको जोडदार प्रस्तुति रहेको थियो|
मिडिया पार्टनर खोज मिडिया ,भिजिट नेपाल २०२० रहेको यस सास्कृतिक कार्यक्रम गायिका तथा संचारकर्मी (प्रस्तोता)सन्ध्या सुस्केरा मोक्तानले संचालन गर्नु भएको थियो |
प्रतिक्रिया दिनुहोस