नेपाल तामाङ सस्कृति घेदुङको शुभकामना तथा चियापान सम्पन्न
1008 Views
मन्जुश्री सम्बत २८५६ जिवा ल्हो सोनाम ल्होछारको अबसरमा २०७६ माघ ८ गते नेपाल तामाङ सस्कृति घेदुङद्वार आयोजीत शुभ-कामना आदन प्रदान तथा चियापान कार्यक्रम भब्य रुपमा सम्पन्न भएकोछ | सस्कृति घेदुङको संघिय अध्यक्ष छेवाङ तेन्जिङ लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङको संघिय बरिष्ठ उपाध्यक्ष बेली लामा, सस्कृति घेदुङको सल्लाहाकार तथा नेपाल तामङ घेदुङको संघिय उपाध्यक्ष कुमार घिसिङ,अमीर मोक्तान,प्रमुख सल्लहकार प्रेम लो,अन्तराष्ट्रिय तामाङ परीसद दक्षीण यसीयाको उपाध्यक्ष कुमार ब्लोन, अन्तराष्ट्रिय तामङ परीसद सचिब रबीन थिङ,अन्तराष्ट्रिय तामङ परीसद पुर्ब सचिब प्रतिक ङेसुर,बरिष्ठ सेलो गायक तथा सङ्गीतकार चन्द्रकुमार दोङ लगायतका अतिथि हरुले ल्होछारको एतिहासिक परम्पराको चर्चा गर्दै सुभकामना मन्तब्य राख्नु भएको थियो |कार्यक्रमको बिचमा नेपाल तामाङ संस्कृति घेदुङको छैटौं राष्ट्रिय सम्मेलनबाट नब निर्बाचित पदाधिकारीहरुलाई निर्बाचन मन्डलका अध्यक्ष बाट प्रमाण पत्र बितरण गरियो भने अन्तमा कलाकारहरुले ल्होछार गीत प्रतुत गर्दै तामङ मौलीक खानाको परिकार सङ्ग चिय खादै कार्यक्रम सम्पान गरियको थियो |
प्रतिक्रिया दिनुहोस