मकवानपुर जिल्लाको उत्तर पुर्बी क्षेत्र इन्द्रसरोबर गाउपालिका २ कुलेखानीमा पहिलो चोटी ल्होछार महोत्सब गर्ने भएको छ । तामाङ समुदायको सास्कृतिक पर्ब सोनाम ल्होछार २८५६ जीवा ल्हो/मुसा वर्गको अबसरमा स्थानीय कुलेखानी तामाङ समाजको आयोजनामा यही माघ २० गते ल्होछार महोत्सब तथा बृहत सास्कृतिक कार्यक्रम लगायत शान्ति पुजा गर्ने भएको छ ।
भिजिट नेपाल २०२० लाई लक्षित गरि स्थानीय पर्यटन प्रबर्द्धनको सास्कृतिक पर्ब सोनाम ल्होछारलाई आफ्नो घरआगनमा मनाउने उधेश्यले समाजले कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक बिरेन गोलेले बताए ।
ल्होछार महोत्सब तथा सास्कृतिक कार्यक्रम सफल बनाउन तामाङ सेलो जगतका राष्ट्रिय कलकारहरु बरिस्ट कलाकार प्रेम लोप्चन,चर्चित सेलो गायक तथा संगीतकार सन्जिब वाइबा,सेलो गायक बिशाल कल्तान,,चर्चित गायिका जितु लोप्चन,नायिका सुस्मा मोक्तान, लगायत स्थानीय कलाकारहरु रबिन्द्र लामा, आवास थिङ, जस्मिन तामाङ, रोज वाइबा, आस्मा मोक्तान, अशोक स्याङ्तान, रिदम गोले लगायतको कलाकारहरुको प्रस्तुति रहने कार्यक्रम संयोजक अशोक तामाङले बताए ।
एक दिनको महोत्सबमा लामा, बोन्पो, ताम्बा लगायतको झाकी र्याली सहीत गाउपालिका परिक्रमा गरि कार्यक्रम स्थल इन्द्रसरोबर २ कुलेखाली टोट्के चौरमा पुगेर ल्होछार महोत्सब हुने भएको छ । तामाङ भेषभुषा, तामाङ मौलिक खाना लगायतको स्टलहरु समेत रहने संयोजक गोलेले बताए ।
खोज मिडिया काठमाडौं