भर्खरै चीनले दियो नेपाललाई एक्कासी निकै खुशीको खबर : नेपालको लागि भनेर यति ठुलो उपहार दिएपछि चौतर्फी स्वागत
1106 Views
वास्तुअनुसार उत्तरतिरका ढोका शुभ मानिन्छन् । नेपालका लागि उत्तरी छिमेकी चीनतर्फका नाकासँगै विमानस्थलहरूसम्मको थप पहुँच खुल्नु आफैंमा उत्साहजनक हो ।
चीनले यसअघि नै नेपाली विमानहरूलाई ७ विमानस्थलमा पुग्न अनुमति दिएकोमा फेरि ८ वटा थपेर १५ पुर्याएको छ ।
साथै नेपाल वायुसेवा निगमलाई ग्वाङझाउ र हिमालय एयरलाइन्सका जहाजलाई बेइजिङ उडाउनका लागि सहजीकरण गर्न सघाउने बचन दिएको छ । यो हाम्रा लागि चिनियाँ विमानस्थलसम्मको पहुँच मात्र नभई चिनियाँ पर्यटकलाई नेपालका प्रमुख गन्तव्यहरूसम्मै ल्याउने महत्त्वपूर्ण अवसर पनि हो ।
तर विडम्बना ! विश्वको विशाल बजारका यति धेरै विमानस्थलसम्म पहुँच पाए पनि हामीले एउटैबाट पनि लाभ लिन भने सकेका छैनौं । यसअघि पनि बेइजिङ, ग्वाङझाउ, ल्हासा र छेन्दुमा नेपाली वायुसेवालाई चीनले उडान उपलब्ध गराएको भनिएकै हो । तर उडान हुन सकेनन् । अब पनि चीनले अनुमति दियो भन्दैमा ती सबै गन्तव्यमा पुगिहाल्ने हाम्रो क्षमता छैन । यसै पनि हाम्रा लागि चीन अझै आकर्षक गन्तव्य बनिसकेको छैन । नेपालीका आकर्षक र बाध्यात्मक गन्तव्य खाडीका मुलुक, भारत, मलेसिया र कोरिया हुन् ।
source:alertkhabar
प्रतिक्रिया दिनुहोस