नेपालमा आएको भिषण बर्षा पछि अस्तव्यस्त बनेको नेपालका १० सडकहरुको अवस्था यस्तो छ
586 Views
मुलुकका विभिन्न भागमा वर्षापछिको पहिराले १० वटा राजमार्ग अवरुद्ध भएका छन् । पहिरोसँगै सडकमाथिबाट खसेका ढुंगाले शुक्रबारसम्म मध्य पहाडी लोकमार्ग, सिद्धिचरण राजमार्ग, दिक्तेल–हलेसी लगायत राजमार्गमा सवारी साधन चल्न नसकेको गृहमन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
उदयपुर कटारी नगरपालिका १४ घुर्मी भदौरेमा पहिरो गएपछि सिद्धिचरण राजमार्ग केही दिनदेखि बन्द छ । भोजपुर नगरपालिका १० मिलनचोकस्थित लेगुवा–भोजपुरमा माथिबाट ढुंगा खसेपछि मध्य पहाडी राजमार्ग अवरुद्ध भएको हो ।
खोटाङ हलेसी टुवाचुङ नगरपालिका ७ लोकेबरमा गएको पहिरोले दिक्तेल–हलेसी मार्ग पनि अवरुद्ध भएको छ । यातायातका साधन चल्न नसक्दा यात्रु गन्तब्यमा पुग्न सकेका छैनन् । ललितपुरको कान्ति लोकपथ भट्टेडाँडा आग्राङ टुङगुनमा पनि पहिराले अवरोध पुर्याएको छ । कान्ति लोकपथ पनि केही दिनदेखि अवरुद्ध हुँदा यात्रु सकसमा छन् ।
source:bihanipost
प्रतिक्रिया दिनुहोस