श्रावण ११ मा हुन गइरहेको मेरुदण्ड पिडित सुरेन्द्र बम्जनको सहयोगार्थ पत्रकार सम्मेलन सम्पन्न
2096 Views
खोज मिडिया – काठमाडौँ ०८ श्रावण, खोज मिडिया एड इन्टरटेनमेन प्रालिद्वारा ०८ श्रावण २०७६ का दिन पत्रकार सम्मेलन गरि मेरुदण्ड पिडित सुरेन्द्र बम्जनको सहयोगार्थ ११ श्रावणमा हुन लागेको बृहत सास्कृतिक कार्यक्रमको जानकारी दिएको छ।
उक्त पत्रकार सम्मेलनमा बृहत सास्कृतिक कार्यक्रम बारे आयोजक खोज मिडियाका संचालिका सन्ध्या सुस्केराले उपस्थित पत्रकारहरुलाई जानकारी गराएकी थिइन ।
बिगत सात वर्ष देखि मेरुदण्ड भाचिएर उपचार गराइरहेका बम्जनको आर्थिक अवस्था कम्जोर भएको कारण उनको उपचारमा सहयोग पुर्याउने उदेश्यका साथ आयोजना हुन लागेको कार्यक्रममा चर्चित कलाकारहरु प्रेम लोप्चन ,इन्दिरा गोले ,शशिकला मोक्तान ,रिता केसी,बाल गायिका जिग्मे छ्योकी घिसिङ ,फापरे जुहारी टिम लगाएतको बृहत प्रस्तुति रहने पनि जानकारी दिएको थियो।
यांग्रिमा हिल सिटि होटेल बौद्ध ,पुरानो अरब बैंक रोडमा हुने बृहत सास्कृतिक कार्यक्रमले सुरेन्द्र बम्जनको पूर्ण उपचारको लागि आबस्यक रकम ७० लाखमा केहि लाख इटा थप्ने काम गर्नेछ भन्ने बिस्वाशका साथ शुरुवात गरिएको खोज इन्टरटेनमेन एन्ड मिडिया प्रालि(खोज मिडिया )ले अन्य सामाजिक अभियान्त ,सामाजिक सस्था ,मिडिया लगाएतले ७० लाख पुरा गरि सहयोग अभियानको अन्त्य गरियोस र बिरामी साधारण मानिस सरह हिड्डुल गर्न सकियोस यति भए धर्म गर्न मन्दिर धाउनै पर्दैन कार्यक्रम संचालिका सन्ध्या सुस्केराले बताइन
मिति: साउन ११ गते सनिबार
स्थान: याङग्रीमा हिल सिटि होटेल हल बौद्ध,पुरानो अरब बैंकसंगै
सम्पर्क: 9841256587 ,9818159915 ,9849756801
आयोजक: खोज इन्टरटेनमेन एण्ड मिडिया प्रा.लि. (खोज मिडिया )
प्रतिक्रिया दिनुहोस