मेरुदण्ड भाचिएका सुरेन्द्र बम्जनको लागि सहयोगार्थ कार्यक्रम हुने
1423 Views
खोज मिडिया – २०६९ भदौ २७ गते सिन्धुली सदरमुकामबाट घर फर्किने क्रममा भीरबाट लडेर मेरुदण्ड भाच्चिएका सुरेन्द्र बम्जनको शरीरको आधा भाग चल्दैन ।हेर्दा हट्टा कट्टा जवान देखिने ३५ बर्षीय सुरेन्द्र बम्जन एक छोरा र छोरीको अबिभाबक हुन्। स्थाई घर सिन्धुली जिल्ला,घ्याङलेख गाउपालिका वडा नम्बर १ अमलेका सुरेन्द्र कुमार बम्जन हाल बौद्ध टुसालमा बस्दै आइरहेका छन्।शुरुका दिनमा उपचार गर्दागर्दै रिनको भार पर्दै गएका सुरेन्द्र पछि आर्थिक सहयोगको लागि हात फैलाउनु पर्यो। पछि देश विदेशबाट र गाउले आफन्तबाट पाएका सहयोगले भाचिएका हड्डी स्टिलले जोडियो र बस्न सक्ने सम्म त भए तर चुडिएको नशा भने जोडीएन। जसको कारण आजसम्म सात वर्ष देखि ओछ्यानमा थला र अरुको साहरा बिना केहि गर्न सकदैनन।
नेपालमा उपचार नभएको र आर्थिक अबस्था कम्जोर भएका सुरेन्द्रले धेरैलाई सहयोग गर्न आग्रह गरे। तर कतैबाट सहयोग नपाएर निराश भई जिन्दगि देखि दिक्क लागेका सुरेन्द्रले पछिल्लो समय सामाजिक संजाल, युटूबबाट कृष्ण वलीलाई जसरी कृतिम हात जोड्नलाई देश विदेशबाट करोडौ सहयोग जुटेको देखेर मनमा अलिकति आशा पलाएर त्यसरी नै मलाइ पनि सबैले सहयोग गरे म पनि जहाँ उपचार हुन्छ त्यहि गएर उपचार गर्थे र सामान्य भए नि हिड्न सके यो अपाङ्ग जिन्दगीको सार्थक अर्थ भेटथे कि खोज मिडियासंग अन्तरबार्तामा पहिलो चोटी उहा बसेको कोठामा पुग्दा यसरि सुनाउनु भएको थियो।
त्यसै अनुरुप खोज इन्टरटेनमेन एंड मिडिया प्रा.लि. (खोज मिडिया ) ले यहि साउन ११ गते सनिबार बौद्ध अरब बैंक स्थित यान्ग्रीमा हिल सिटि होटलको हलमा चर्चित लोकप्रिय कलाकारहरुको साथमा बृहत सास्कृतिक कार्यक्रम आयोजना गरिएको हुदा सबैलाई सहयोगीको भाबना र सहयोग गरि पुण्य कमाउन हार्दिक अनुरोध गर्दछौ।
मिति: साउन ११ गते सनिबार
स्थान: याङग्रीमा हिल सिटि होटेल हल बौद्ध अरब बैंक
सम्पर्क: 9841256587 ,9818159915 ,9849756801
आयोजक: खोज इन्टरटेनमेन एण्ड मिडिया प्रा.लि. (खोज मिडिया )
प्रतिक्रिया दिनुहोस