११५ घण्टा पढेर गिनिज बुकमा नाम लेखाउँने तयारीमा मुकेशराज जोशी
1245 Views
खोज मिडिया – ११५ घण्टा लामो समयसम्म पढेर मुकेशराज जोशी गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारीमा जुटेका छन् । बझाङ जयपृथ्वी नगरपालिकाका जोशीले ११५ घण्टासम्म लगातार विभिन्न किताबहरू पढेर गिनिज बुकमा नाम लेखाउने तयारी गरेका हुन् ।
पढ्ने कार्यक्रम गिनिज इभेन्ट्सको आयोजनामा आगामी भाद्र २३ बाट सुरु हुने शनिबार पत्रकार सम्मेलन गरि जानकारी दिइयो । कार्यक्रममा सहआयोजकको भूमिकामा गोल्डेन आइ डान्स सेन्टर रहेन निगिज इभेन्ट्को अध्यक्ष तथा मोटिभेसनल स्पिकर सन्तोष लामाले जानकारी दिए ।
११५ घण्टा लामो किताब पढ्ने दौडानमा जोशीले इतिहास, विभिन्न प्रख्यात व्यक्तिहरूको जीवनी तथा अन्य उपलब्ध किताबहरू पढ्ने छन् । यसभन्दा अगाडि यो विधामा नेपालकै दीपक शर्माको नाम थियो । उनले ११३ घण्टासम्म पढेर सन् २००८ मा गिनिज बुकमा नाम लेखाएका थिए ।
मुकेशलाई गिनिज बुक स्वीकृतिसमेत दिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस