मितेरी समाज युएईले तिज कार्यक्रम गर्ने
1102 Views
खोज मिडिया -मितेरी समाज युएईले तिज कार्यक्रम गर्ने भएको छ ।युएईमा मितेरी समाज सस्था स्थापनाकाल देखि हरेक बर्ष नेपाली हिन्दु महिलाहरुको बिशेस पर्वका रुपमा यो कार्यक्रम मनाइदै आएको छ ।
मितेरी समाज युएईको आयोजना तथा युएईको अलएन शहरमा रहेका विभिन्न नेपाली संघ संस्थाहरुको सहयोगमा तिज सास्कृतिक धमाका २०१९ नेपालको चर्चित लोक दोहोरि गायक श्री राजु ढकाल र चर्चित लोक दोहोरि गायिका सम्झना लामिछाने मगरको साथमा युएईमा रहेका चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहने समाजका अध्यक्ष प्रदिप पुन मगरले जनाउनु भएको छ।
मितेरी समाज युएईले बिगत लामो समय देखि नेपालको विभिन्न क्षत्रमा स्कुल भवन निर्माण,क्यान्सर पिडित ,मृगौला पिडित ,वृद्ध आश्रम ,अनाथ बालबालिका ,बाढी पहिरो पिडित ,बैदेशिक रोजगारको शिलशिलामा घाइते ,बिरामी र अनाहकमा जेल परेकाहरु साथै सामाजिक क्षत्रमा ठुलो योगदान दिदै आएको स्मरण गराउदै यस कार्यक्रमको उद्देश्य फेरी पनि ग्रामिण क्षत्रका बालबालिकाहरुलाई शैक्षिक सहयोग गर्ने समाजकै अध्यक्ष पुनले खोज मिडियालाई बताउनु भयो।
उक्त कार्यक्रम तिज सास्कृतिक धमाका २०१९ युएईको अलएनको लयाली बनफ्साज हस्पिटालिटि ,दवर जवल,अलएनमा अगस्ट 30 शुक्रबार दिनको १ बजे हुनेछ ।सो कार्यक्रममा युएईमा रहेका सम्पूर्ण नेपाली संघ संस्था ,ब्यबसायी,पत्रकार ,कलाकार,श्रमिक दिदिबहिनि , दाजुभाई सम्पूर्णलाई उपस्थित भई कार्यक्रम भब्य ,सभ्य सफल बनाइदिन सम्पूर्णलाई अध्यक्ष प्रदिप पुन मगरले हार्दिक निमन्त्रणा गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस