प्रेममा बाधक भएको भन्दै ‘कन्ट्र्याक्ट किलर’ लगाएर आमाको हत्या
510 Views
गको सम्बन्धमा ६१ वर्षीया आमा सावित्री भट्टराई तगारो बनेपछि ईश्वरीले भाडाका अपराधी ल्याएर आमाको हत्या गर्न लगाइन्। आमाको हत्या पश्चात ‘कन्ट्र्याक्ट किलर’ लाई १२ लाख रुपैयाँ दिने आश्वासन ईश्वरीले दिएकी थिइन्।
ईश्वरीको श्रीमान् छँदाछँदै विगत केही महिनादेखि परपुरुषसँग अवैध सम्बन्ध थियो। ईश्वरीका श्रीमान् काठमाडौंमै व्यवसाय गर्छन्। सबै कुरा थाहा पाएकी आमा सावित्रीलाई छोरीको गतिविधि मन परेको थिएन।
काठमाडौंको जडिबुटीको एक गार्मेन्टमा काम गर्ने सिरहा विष्णुपुरका मोहम्मद नौसादसँग ईश्वरीको प्रेम सम्बन्ध रहेको र आमाको हत्यामा यही सम्बन्ध कारक बनेको प्रहरी अनुसन्धानले देखाएको छ।
छोरीको घरमा आश्रय लिँदै आएकी सावित्रीको अन्ततः छोरीकै योजनामा भएको आपराधिक घटनामा ज्यान गयो।
यसरी बन्यो योजना
मोहम्मद नौसादसँग ईश्वरीको चिनजान एउटै गार्मेन्टमा काम गर्ने क्रममा भएको थियो। प्रहरीका अनुसार यही चिनजान पछि प्रेम सम्बन्धमा परिणत भयो।
ईश्वरीले आफ्नै खर्चमा नौसादलाई रोजगारीका लागि दुबई पठाएकी थिइन्। दुबई पुगेको डेढ महिना नहुँदै उनले नौसादलाई फिर्ता बोलाइन्। दुबई छँदै ईश्वरीले आमाको हत्या योजनाबारे नौसादलाई विस्तार लगाउँछिन्।
काठमाडौं आएपछि आफूलाई कुनै फोन सम्पर्क नगर्न र आमा प्रायः घरमा एक्लै बस्ने भएकाले योजनालाई पूर्णता दिने योजना नौसाद र ईश्वरीबीच बनिसकेको थियो।
नौसाद केही दिन पहिले मात्रै नेपाल फर्किन्छन्। ईश्वरीले भने जसरी नै सावित्रीको हत्या योजना अनुसार भारत मधुवनी जिल्लाबाट मोहम्मद रहिशलाई नौसादले काठमाडौं झिकाउँछन्। नौसादसँगै गार्मेन्टमा काम गर्ने भारत पूर्वी दिल्लीका अर्जुन भन्ने भोला कुमार र रहिशबीच शनिबार सावित्री हत्याको योजना बन्छ।
आइतबार बिहान ईश्वरी बच्चालाई स्कुल पठाउन जान्छिन्। त्यही बेला नौसाद ईश्वरीको घर पुग्छन्। सावित्रीले ‘छोरीको जीवन बरवाद पारिस्’ भन्दै कुचोले नौसादलाई हानेको स्थानीयले देखेका हुन्छन्।
केही बेरको भनाभनपछि नौसादसँग गएका भोला कुमार र रहिश पुग्छन्। उनीहरूले सावित्रिलाई चक्कुले घाँटी रेटी हत्या गरेर भाग्छन्।
कसरी खुल्यो हत्याको रहस्य ?
आइतबार विहान ११ बजे एकाएक प्रहरीलाई सूचना आयो– बाँसवारीमा ‘आर वान फाइभ’ मोटरसाइकलमा आएका तीन जनाले एक वृद्धाको घाँटी रटेर फरार भए।’
लगत्तै यो सूचना रानीपोखरीस्थित प्रहरीको कन्ट्रोल रुममा आयो। उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रहरी प्रमुखदेखि वृत्त प्रमुख सम्मलाई सूचना पुग्यो। उपत्यका बाहिरिने नाकामा कडाईका साथ चेक हुन थाल्यो।
घटना गम्भीर प्रकृतिको भएकाले महानगरीय प्रहरी अपराध महाशाखाबाट दुई जना डीएसपीको कमान्डमा टोली खटिन्छन्। सुरुमा प्रहरी घटनास्थलमा पुगेर सबै सोधपुछ गर्छ।
स्थानीयसँग समेत सोधपुछ गर्दा अभियुक्त मध्येका नौसादलाई मृतक सावित्रीले कुचोले कुटपीट गरेको सूचना थाहा पाउँछन्। प्रहरीले नौसाद र ईश्वरीको अवैध सम्बन्धबारे थाहा पाएपछि प्रहरीको अनुसन्धान ईश्वरीतिर तेर्सिन्छ।
ईश्वरीको फोनको ‘कल डिटेल’ चेक गर्दा नौसादसँग बारम्बार सम्पर्क भएको देखियो। प्रहरीले नौसादलाई ईश्वरीकै फोन मार्फत सम्पर्क गर्छन्। नौसाद धादिङ पुगिसकेका हुन्छन्। सावित्रिको हत्यापश्चात दिने भनिएको १२ लाख रकम लिएर आउने बताएपछि नौसाद धादिङमै रोकिन्छन्। प्रहरीले धादिङबाटै नौसादलाई पक्राउ गर्छ।
मोटरसाइकल छाडेर गाडीमा हुइँकिएका भोला कुमार र रहिश मकवानपुर पुगिसकेका हुन्छन्। पैसा लिएर आउने बताएपछि उनीहरूपनि मकवानपुरमै रोकिन्छन्। प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएपछि सोधपुछ सुरु हुन्छ। र, खुल्छ घटनाको रहस्य।
सुरुमा त ईश्वरीले सहजै आमा सावित्रीको हत्या योजना बनाएको स्वीकार्दिनन्। प्रहरीले भोला कुमार र रहिशलाई ‘सहज रुपमा हत्या स्वीकारे र कस्को योजनामा हत्या गरेको बताए’ सजायँ कम गरिदिने आश्वासन दिएपछि उनीहरूले नै ईश्वरी र नौसादको योजनामा हत्या गरेको बयान प्रहरीलाई दिन्छन्।
त्यसपछि नौसादले पनि आफू र ईश्वरी एकआर्कालाई प्रेम गर्ने भएकाले आमा सावित्री बाधक बनेपछि हत्या गर्ने योजनामा पुगेको प्रहरी समक्ष स्वीकार्छन्।
महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर भक्तपुरको संयुक्त प्रयासमा समातिएका नौसाद, भोला कुमार, रहिश र भट्टराईलाई पक्राउ गरी सोमबार सार्वजनिक गरिएको छ।
पत्रकार सम्मेलनमा घटनाबारे बेलिविस्तार सुनाउँदै महाशाखा प्रमुख एसएसपी सहकुल थापाले भने, ‘प्रेम सबन्धको सूचना आमाले पाएपछि बाधक हटाउने योजना अनुसार ईश्वरीले नै भाडाका अपराधी ल्याएर आमाको हत्या गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’
साभार: अन्नपुर्ण पोस्ट
प्रतिक्रिया दिनुहोस