स्थानीयावासी र प्रहरी बीच झडप, ठूलो संख्यामा सिसडोलवासी घाइते
969 Views
खोज मिडिया – स्थानियबासिहरुको न्यूनतम माग पूरा नगरी काठमाडौंको उपत्यकाको फोहर फ्याल्न नदिने अडानमा रही बिरोधमा उत्रेका ककनी गाउपालिका २ का सिसडोल बासीहरु र प्रहरी बिच आइतबार झडप भएको थियो । माथिको आदेशको पालना गर्न आएको भन्दै पुगेका जनपथ र सशस्त्र प्रहरीको ठूलो टोली र स्थानीयबीच झडप हुँदा २० बढी स्थानीयवासी घाइते भएका थिए भने प्रहरी तर्फ बालाजु प्रहरीका डीएसपी बालनरसिंह राणा घाइते भएका छन् । काठमाडौं र नुवाकोटबाट पुगेका प्रहरी तथा सशस्त्र प्रहरी र स्थानीयवासीबीच झण्डै डेढ घण्टा तनावपूर्ण अवस्था उत्पन्न भएको थियो ।
सहि तरिकाले फोहर ब्यबस्थापन वा अन्यत्रै ब्यबस्था गर्न माग गर्दै सोहि स्थानमा फोहोर फ्याक्न नदिने अडानमा रहेका सिसडोलवासी र प्रहरीबीचको झडप नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको थियो भने अश्रुग्याँस समेत प्रयोग गरेको सिसडोल स्थानीय बासीले जानकारी दिनुभयो ।
प्रहरीको लाठीचार्जले स्थानीय वृद्ध महिला चरिमाया बलामी बेहोस भए पछि काठमाडौं बिपी मेमोरियल हस्पिटल ल्याईएको थियो भने अन्य घाइतेहरुलाई पिपुल्स हस्पिटल लगिएको जानकारी स्थानीय युवा रमित बलामीले बताउनुभयो ।
झडपपछि पक्राउ परेको केहीलाई प्रहरीले नुवाकोट लगेको छ भने केहीलाई काठमाडौं ल्याएको छ ।
सिसडोलमा फोहर फ्याल्न थालेपछि १२ जना स्थानीयवासीको अनाहकमा मृत्यु भएको दावी गर्दै आएको र आफुहरुको न्यूनतम मागमा पनि सरकारले ध्यान नदिएको आरोप स्थानीयबासीले लगाउदै आएको छ ।
प्रतिक्रिया दिनुहोस