‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार २०७५’ सम्पन्न
656 Views
चलचित्र पत्रकार संघको २०औ स्थापना दिवसको अवसरमा मंगलबार एक कार्यक्रमको आयोजना गर्दै ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार २०७५’ प्रदान गरिएको छ । चलचित्र क्षेत्रमा कार्यरत तथा यसमा योगदान पुर्याएका ५ चलचित्रकर्मीलाई उक्त सम्मान प्रदान गरिएको हो ।
इमेज एफएम र हिमालय टेलिभिजनका नरेश भट्टराई र भिजनसंसार डटकमका सम्पादक श्याम स्मृतलाई चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान पुरस्कार, रातोपाटी डटकमका कुवेर गिरी र एबिसी टेलिभिजनकी शारदा थापालाई चलचित्र पत्रकारिता पुरस्कार र मेरोफिल्म डटकमका फोटो पत्रकार विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो ।
सुचना तथा संचार मन्त्रि गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विकास बोर्ड अध्यक्ष केशब भट्टराई,अभिनेता भुवन केसी,अभिनेत्री करिश्मा मानन्धर,निर्देशक तथा कलाकार दिपा श्री निरौला,कलाकार केदार घिमिरे,अभिनेता रमेश उप्रेती, अभिनेत्री केकी अधिकारी,निर्माता माधव वाग्ले लगाएत चलचित्र कर्मि तथा पत्रकारको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस