बैदेशिक रोजगारका लागी युएई पुगेका ईन्द्र सिन्चुरी कलाकारीतामा फड्को मार्दै ।
837 Views
खोज मिडिया – देशमा भने जस्तो रोजगार नहुँदा बिदेशिएका सर्लाहीका ईन्द्र सिन्चुरी यतिबेला युएईमा चर्चित कलाकारको रुपमा उदाएका छन । बि.सं. २०४० साल असोज २९ गते सर्लाही जिल्लाको बाग्मती नगरपालिकामा आमा शान्ता माया र बुबा नन्दलालको कान्छो सन्तानको रुपमा जन्मिएका सिन्चुरी बाल्यकाल देखि नै कलाकारीताको क्षेत्रमा रुचि राख्ने गर्दथे । स्कुल पढ्दा देखि नै बिभिन्न कार्यक्रमहरुमा सहभागीता जनाउदै आफ्नो कला प्रस्तुत गर्न सक्षम सिन्चुरीले लोकतान्त्रिक परिवर्तन, संगतको फल, चेलीको आँशु जस्ता नाटक लेखेर आफैले अभिनय समेत गरेको उनि बताउछन ।
बैदेशिक रोजगारमा नौ बर्ष पहिला युएई पुगेका सिन्चुरी युएईमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा हाँस्य कलाकारको रुपमा आफ्नो कलाकारीता प्रस्तुत गर्दै आईरहेका छन भने त्यसको अलवा छुटीको समयमा अहिले “बेसारेको माया जाल” नामक सिरियल लेखन, निर्देशन र अभिनय समेत गर्दै आईरहेका छन । सातौ भाग सम्म प्रसारण भैसकेको उक्त सिरियलमा युएईमा रहेका अन्य थुप्रै नेपाली कलाकारहरुले साथ दिएका छन् । समाजमा रहेको बिबिध कुराहरुलाई हाँस्य ब्यांग्यात्मक रुपमा चित्रन गर्दै मनोरन्जन दिने उक्त सिरियलमा बेसारेको मुख्य भुमिकामा सिन्चुरीलाई देख्न सकिन्छ । यसअघि बिदेशमा रहेका नेपालीहरुको पिडा,ब्यथालाई समेटेर निर्माण गरिएको “आउला माया छिटै, नकाटी है चालिस” भन्ने म्युजिक भिडियोको लेखन, र अभिनय गरेका सिन्चुरीले धोका, हैसियत, लाईफ ड्यामेज, बिदेशी बुढाको पार्सल, टेन्सन मेरी श्रीमती जस्ता सर्ट मुभीको लेखन,निर्देशन संगै त्यसमा अभिनय समेत गरेका छन । आफ्नो कामबाट बचेको समयमा नाटक, गित, कबिता, सिरियल लेखनमा ब्यस्त रहने सिन्चुरी शुक्रबारे छुटिमा युएईमा हुने बिभिन्न संघ संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुदै आफ्नो प्रस्तुती प्रदर्शन गर्दछन् ।
बृद्धा भैसकेका आमा बाबा, एक छोरा र एक छोरी संगै जिवन संगिनी रिता कुमारी सिन्चुरीलाई नेपालमा छोडेर बैदेशिक रोजगारीमा युएई पुगेका सिन्चुरी प्रगतिशील कलाकार संघ युएई र अन्तराष्टिय नेपाली कलाकार समाज युएईमा आबद्ध छन भने सर्लाही सेवा समाज युएईका महासचिब समेत हुन । बैदेशिक रोजगारमा रहेर समाज सेवा र कलाकारितामा फड्को मार्दै गरेका हाँस्य कलाकार ईन्द्र सिन्चुरीलाई खोज मिडियाको तर्फबाट पनि सफलताको शुभकामना।
प्रतिक्रिया दिनुहोस