रु. एक लाख राशि सहित प्रज्ञा पुरस्कार अमृत योञ्जन तामाङलाई
1905 Views
खोज मिडिया /काठमाडौँ
सम्माननीय रास्ट्रपति श्रीमती बिद्यादेवी भण्डारीज्युको हातबाट नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार २०७६ रु. एक लाख नगद राशि सहित श्री अमृत योञ्जन तामाङ पुरस्कार सम्मानित भएको छ ।
आज मिति २०७६ मङसिर २३ गते सोमबार ,रास्ट्रपति भवन, शित्तल निवास महाराजगन्जमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित प्रज्ञा पुरस्कार तथा रास्ट्रीय कविता महोत्सब पुरस्कार समर्पण समारोह भब्य र सभ्य कार्यक्रम बीच उक्त सम्मान गरिएको हो।पहाडी र हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यका लागी गर्नु भएको योगदानबाट तामाङ भाषाविद ,अनुसन्धान एमब साहित्यकार ,लेखक अमृत योनजन तामाङ पुरस्कृत हुनु भएको हो।
सम्मानित अमृत योञ्जन तामाङ रामेछाप जिल्ला लिखुतामाकोशी गाउपालिका वडा नम्बर ७ तलेगाउमा २०१५ पौष २८ गते जन्मिनु भएको थियो ।उहाको हालसम्म ५० भन्दा बढी कृतिहरु रहेका छन् भने दुई दर्जन भन्दा बढी तामाङ भाषामा आफ्ना कृति र सिर्जनाहरु प्रकाशित रहेका छन।
पुरस्कृत र सम्मानित तामाङले एम. ए. सम्मको भाषा बिज्ञान शिक्षा पछि शिक्षक,प्राध्यापक,पत्रकारिता ,सम्पादन,सामुदायिक बिकास र भाषाशास्त्री परामर्शका रुपमा सेवा प्रदान गर्नु भएको थियो। उहाको पहिलो रचना बिरुवाहरुको संघर्ष देखि शुरु भएको हो।
प्रतिक्रिया दिनुहोस