कुन्साङ वाइबाको तामाङ गित ”डम्फु ह्रप्सी” डम्फु बजाएरै सार्बजनिक
1093 Views
गायक कुन्साङ वाईबाको तामाङ मौलिकता बोकेको तामाङ गित “डम्फु ह्राप्सी” बोलको गितको भिडियो हिजो एक कार्यक्रम बीच कार्यक्रमका प्रमुख अतिथि एबम वरिष्ठ कलाकार जयनन्द लामा र डम्फु मिडियाका संचालक तथा चर्चित नायक अमिर दोङले डम्फु बजाएर सार्बजनिक गरेको छ ।
अहिले सम्मकै धेरै तामाङ कलाकारहरुको एक साथमा बनेको सायदै पहिलो भिडियो हो । यो भन्दा पहिले यसरी यति धेरै तामाङ कलाकारहरुको साथमा मुजिक भिडियो बनेको थिएन । तामाङ वरिष्ठ अभिनेता जयनन्द लामा, बुद्धि तामाङ, अमिर दोङ, चाँदनी मोक्तान, कुईसाङ रुम्बा,कुमार मोक्तान,रन्जिता लामा,पदम दोङ,अभि लामा,अनिता गोले,सुस्मा मोक्तान , निरान्जली लामा, सन्दिप स्याङ्तान, राजकिङ वाईबा, अनिता नेगि, मोनिका मोक्तान, मिलन थिङ पाराङ, पुसन लामा, याङ्की दोङ, पुर्णिमा थोकर लगायत धेरै नया पुराना कलाकारहरुले एक साथ अभिनय र नृत्य रहेका छन् भने बाल कलाकार शुवाङ दोङ रहेको छ।
डम्फु मिडियाको पोस्ट प्रोडक्सन रहेको यस भिडियोमा निर्देशन,सम्पादन अमिर दोङ, छायाङ्गकन ,बिक्रम मोक्तान,प्रकाश वाइबा ,कोरियोग्राफ खेम मोक्तान, साथै कलर सुर्य मोक्तान रहेको छ ।कार्यक्रम बौद्ध जोरपाटी जे. एफ. सी. क्याफेमा सम्पन्न भएको थियो।
प्रतिक्रिया दिनुहोस