सिम्रन मोक्तान तामाङको साहित्यिकमा रुचि
1222 Views
मुक्तक
मौनताको यी मेरा भाषा नबुझेर हो कि
गयौ तिमी पाइला किन रोक्दै न रो कि
कुनै दिन सुखदुःख बाँड्ने साथी थिए म
ती मीठा पलहरुलाई बिर्सिनु पो भो की ।
बोल्दा तिम्रो चित्ता दुख्ला भनी मौनतामै बसे
बुझिएनौ तिम्ले छाडी गयो अाँशु भुइँमा खसे
हेर्छकि भनी हेरि रहे फर्कि एकचोटि हेरिएनौ
हेर्दा हेर्दै सितल ताप्ने चौतारीको वर मुनि पसे ।
फुल दिए थे उनलाई काँडा भो किन
सहर एउटै थे तर दुरी टाढा भो किन
म बाट के गल्ती भो सोध्न मन छ भेटेर
रंगिन थे सपना सबै सादा सादा भो किन ।
रचनाकार: सिम्रन मोक्तान तामाङ
प्रतिक्रिया दिनुहोस