युट्युबर सोनिका रोकायाले आफु समलिंगी भएको घोषणा
1017 Views
काठमाडौँ – युट्युबर सोनिका रोकायाले झण्डैं एक बर्षअघि साप्ताहिकका रामजी ज्ञवालीसँग आफु समलिंगी भएको घोषणा गरेकी थिइन् । उनले एकाएक समलिंगी घोषणा गरेपछि पुनः भाइरल भइन् । दर्जनौं मिडियाले साप्ताहिकको उक्त समाचार कपी पेष्ट गर्दै समाचार छापे । उक्त भाइरल अन्तरवार्ता दिएपछि उनी सिंगापुर उडिन् ।
त्यसको लगभग एक बर्षपछि उनले आफु समलिंगी नभएको र त्यसका पछाडि अर्को कारण रहेको बताएकी छिन् । साप्ताहिककर्मी जनक तिमल्सिनासँग हालै एक अन्तरवार्तामा उनले भनिन्, ‘मैले किन आफूलाई समलिंगी भने होला ? के मलाई मेरो विवाहको चिन्ता छैन ? के ममा घरबार बसाउने रहर नहोला ?’
उनी आफ्नै प्रश्नको उत्तर दिन थालिन्, ‘म समलिंगी हुँ भनेर अहिलेको हाइवेष्ट प्वाइन्टमा भनेकी हुँ । जब तिमी राम्री हुँदै जान्छौं, चिटिक्क हुँदै जान्छौं, आक्रमण गर्नेहरू बढ्दै जान्छन् । मैले के सोचें भने म त्यसलाई सेफ ल्याण्डिङ गर्छु, त्यही भएर मैले आफूलाई समलिंगी भने ।’
यद्यपी उनले अघिल्लो बर्ष समलिंगी घोषणा मात्रै गरिनन्, निकै रोचक समेत वार्ता गरेकी थिइन् । उनीसँग त्यतिबेला गरिएको रोचक बार्ता हेर्न तलको लिंक क्लिक गर्नुहोस्
साभार: साप्ताहिक
प्रतिक्रिया दिनुहोस