काभ्रे सेवा समाज युएईको चौथो अधिबेशन तथा बिबिध सास्कृतिक कार्यक्रमको तयारी तिब्र ।
1176 Views
काठमाडौ, युएईबासी काभ्रेलीहरुको साझा सस्था काभ्रे सेवा समाज युएईको चौथो अधिबेशन २९ नोभेम्बर २०१९ का दिन युएईको दुबई स्थित एभरेस्ट क्लब बरदुबईमा हुने भएको छ । समाजले चौथो अधिबेशनको विशेष अवसर पारेर अनाथ बालबालिकाको लागि काभ्रे कल्याणकारी कोषको स्थापना गर्न बृहत सास्कृतिक कार्यक्रमको समेत आयोजना गर्ने भएको छ । ८ अगष्ट २०१४ मा स्थापना भएको समाजले युएईको विभिन्न प्रान्तहरुमा छरिएर रहेका काभ्रेलीहरुलाई एकीकृत गर्दै विभिन्न समयमा विभिन्न खाले कार्यक्रमको आयोजना गर्दै कार्यक्रमबाट संकलित रकम विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको समाजका कोषाध्यक्ष रबिन्द्र तामाङले जानकारी दिएका छन । आगमी २९ नोभेम्बरमा हुन लागेको चौथो अधिबेशन भब्य र सभ्य रुपमा सफल बनाउन समाजका अध्यक्ष दिल लामा, उपाध्यक्षहरु गोबिन्द पन्त र पदिप सापकोटा, सचीव जनक सापकोटा, कोषाध्यक्ष रबिन्द्र तामाङ, सदस्यहरू ग्याम्सो तामाङ, फुर्ब लामा, राजकुमार सापकोटा, निरन्जन बस्नेत, जेनिसा पन्त, समाजका प्रचारप्रसार बिभाग प्रमुख सुनिल लामा, सास्कृतिक बिभाग प्रमुख डिबि समर्पण लगायत युएईबासी काभ्रेली तथा शुभचिन्तकहरु लागि परेका छन । उक्त चौथो अधिबेशन तथा बृहत् सास्कृतिक कार्यक्रम सफल बनाउन नेपाल देखि गायक तथा संगीतकार विशाल काल्तन र नायिका तथा मोडल रिना थापा युएई आउने समाजका सास्कृतिक बिभाग प्रमुख डिबि समर्पणले जानकारी दिएका छन । नेपालबाट आउने कलाकार तथा युएईमा रहेका नेपाली कलाकारहरुको बेजोड प्रस्तुति रहने उक्त कार्यक्रममा युएईमा रहेको विभिन्न संघ सस्था, कलाकार, पत्रकार, बुद्धिजीवी, व्यावसायिक ब्याक्तित्वहरुलाई निमन्त्रणा गरिएको प्रचारप्रसार बिभाग प्रमुख शुनिल लामाले जानकारी दिएका छन । यस अघि पनि बृहत् सास्कृतिक कार्यक्रम आयोजना गरेर अनाथ तथा अपांग बालबालिकाको लागि आर्थिक सहयोग गरेको समाजले यो पटक चौथो अधिबेशन संगै बृहत सास्कृतिक कार्यक्रम आयोजाना गरि अनाथ बालबालिकाको सहयोगार्थ काभ्रे कल्याणकारी कोषको स्थापना गर्न लागिएको समाजका अध्यक्ष दिल कुमार लामाले जानकारी दिएका छन भने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस