मृगाैला पीडितलाई चन्द्रकला सेवा समाजद्वारा ३ लाख २९ हजार सहयाेग
680 Views
काठमाडाैं । रामेछापकाे रामेछाप नगरपालिका-३ कमलाबारीका २८ वर्षे मृगाैला पीडित अनक बहादुर पुलामी मगरलाई श्री चन्द्रकला सेवा समाजले आर्थिक सहयाेग गरेकाे छ । हिजो शनिवार राजधानीकाे भृकुटिमण्डपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा जनयुद्धका घाइते याेद्धा भक्तराज थापा मगर र चन्द्रकला सेवा समाजकाे सल्लाहकार भाेजराज मगर र संस्थाका अध्यक्ष काजिमान रिखाम मगरले ३, २९, ५६६ रुपैंया पीडितलाई हस्तान्तरण गरिएकाे हाे ।
पीडितकाे आर्थिक अवस्था निकै कमजाेर भएका कारण उपचारमा समस्या भएपछि यस संस्थाले केहि महिनादेखि सहयाेग संकलनका लागि अभियान सुरु गरेकाे थियाे । गत जेठ देखि दुवै मृगौला फेल भए पछि नियमित उपचार गर्दै आइरहेको अनक बहादुर हाल सम्म ६ लाख बढी खर्च भैसकेकोले घरको आर्थिक अबस्थाले नभ्याए पछि आर्थिक सहयोग गर्नु परेको सस्थाको अध्यक्ष काजिमान राखिम मगरले बताउनु भयो।
डक्टरले अब किड्नि ट्रान्सफर गर्न अझै २५ लाख जति खर्च चाहिन्छ भनेकाे छ । श्री चन्द्रकला सेवा समाजकाे सहयाेग पाएपछि बाँच्ने आषा बढेकाे छ’ पीडित मगरले भने । उनकाे एक छाेरा, एक छाेरी र श्रीमती छन् । आर्थिक अवस्था कमजाेर र खर्च धेरै लाग्ने राेगका कारण उनी अझै पीरमै छन् । उनले सबैसँग नयाँ जीवनका लागि सकेकाे सहयाेग गरिदिन अपिल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस