अध्यक्ष र सचिवको अदुरदर्शी कदम……अर्जुन ब्लोन
801 Views
अध्यक्ष र सचिवकाे अदुरदर्शी कदम…….! सिन्धुली- घ्याङ्लेख गाउँपालिका सिन्धुली जिल्लाका पालिकाहरुमध्ये अति दुर्गम पालिका भएपनि सरकारी तथ्याङ्ककहरुमा सुगम पालिका अन्तर्गत पर्छ। काम र सुविधाले सुगम नभएपनि नामले सुगम पालिकाकाे रुपमा चिनाउँदा हामी धेरै अवसरहरुबाट वञ्चित छौँ। यस पालिकामा नेपाली काँग्रेसकाे बहुमत सहितकाे स्थानीय सरकार छ। त्यसै गरि संघ र प्रदेशमा दुई तिहाई बहुमत सहितकाे सरकार गठन गर्न सफल नेपाल कम्युनिष्ट पार्टी तथा दल भने प्रमुख प्रतिपक्षकाे भूमिकामा रहेकाे छ। नेपाल कम्युनिष्ट पार्टीका घ्याङ्लेख गाउँ कमिटिका सचिवालय सदस्य तथा अार्थिक विभाग प्रमुखका हैसियतले बिना पूर्वग्रहका साथ धेरै चासाे लिदै अगाडि बढ्नु, बढाउनु पर्ने स्थानीय तहकाे राजनीतिक दिशा तर्फ सजग र सचेत रहँदै कमीकमजोरीहरु पहिल्याउने कामहरु गर्छु,सुधार गर्दै समुहिकरुपमा अघि बढ्न अनुराेध गर्छु। अरुलाई दाेष देखाएर म अाफु उम्कन खाेजेका हाेइन। पदीय जिम्मेवारी अनुसार कमीकमजोरी स्वीकार्न अाफु हरदम तयार छु। कहिले कहीँ अध्यक्ष र सचिवकाे हर्कतले अाफुलाई एेठान, असजिलो महाशुस हुँदै अाएकाे छ। गाउ कमिटी नेतृत्वकै अलमलका कारण हामी दाेबाटाेमा छौँ।अध्यक्ष र सचिव ज्यू, पार्टीका काम गतिविधिहरुलाई असरल्ला छाडेर दशै शुभकामना अादनप्रदानमा कम्मर कसेर लागेकाे देख्दा ताजुव लाग्छ, अचम्म र अश्चर्य लाग्छ। हामीले अहिले हिन्दु पर्व वडा दशैकाे शुभकामना कार्यक्रम राख्दा यसकाे शुभ सन्देश नजाने र आक्रोश, कुण्ठा बढ्ने हुँदा र हामी युवा राजनीति सिपाहीहरुले पार्टीका गतिविधिहरु र शुभ कामना अादनप्रदान कार्यक्रम सञ्चालन गर्दा बढाे चलाखीपुर्ण,धेरैलाई प्रभाव पार्न सक्ने,सबै बुद्धिजीवीहरुकाे उपस्थित हुने गरि र पुरानो परम्परालाई ताेड्दै नयाँ,अाधुनिक र समाजवाद उन्मुख कार्यक्रम सार्वजनिक गर्दै अघि बढ्नु पर्छ र बढा दशैँकाे शुभकामना कार्यक्रमकाे यश भुगाेलमा अाैचित्य र महत्त्व कम हुने हुँदा अध्यक्ष र सचिवलाई अहिले हामी गम्भीर माेडमा छु, पटकपटक अपिल र अनुराेध गरे तर उहाँहरुले मेराे भनाइलाई हेक्का नराखी कार्यक्रमकाे मिति, स्थान र समय ताेक्नु भयाे। अहिले हामी राजनीतिक एजेन्डा लिएर जनतासँग जाेड्न सकिरहेकाे छैन। राजनीतिक गतिविधिमा देखिएकाे निष्कृयपनकाे शुभचिन्तकहरुले गुनासाे जाहेर गरिरहेकाे छ। पार्टी एकता पाश्चत लयबद्द तरिकाले सबैलाइ हिडाउन सकिरहेकाे छैन। वडा कमिटी अपुर्ण अवस्थामै छ। हाम्राे प्रवल चाहना थिएँ, गाउँकमिटीकाे अध्यक्ष र सचिबकाे उपस्थितमा राजनीतिक दुरीलाई कम गरि वडा कमिटी गठन गर्ने र जिम्मेवारी ताेकेर अा-अाफ्नाे जिम्मेवार अठाेटका साथ पूरा गर्ने तर केवल सपनमा समित रह्याे। यसमा गाउकमिटी नेतृत्वहरुकाे कमजोरी देख्छु। गाउँ सचिवालयका सदस्यलाई दिइएकाे जिम्मेवारी, जिम्मा दिएकाे विभागहरुकाे मूल्याङकन, लेखजाेख तथा साेधपुछ केही पनि छैन। गाउँपार्टी कार्यालयमा रहेकाे महत्त्वपूर्ण कागज, सामान र माइन्यूटहरुकाे हिफाजात र सुरक्षित छैन। गाउँ कमिटीका कार्यालय टिम गठन गरिएत पनि अहिले सम्म एउँटा बैठक राखेकाे सूचना छैन। याे कार्यालय टिम त जाँडपार्टीकाे लागि गठन गरिएकाे जस्ताे अनुभूत भएकाे छ। गाउँपालिका भित्रका प्रत्येक वडाकाे समस्या उहीँ छ, वडा अध्यक्ष र सचिवकाे दिशा विपरित छ। मत एक बनाउन नसकिरहेकाे अबस्थामा गाउँ कमिटी अध्यक्ष र सचिवकाे भूमिकाले धेरै टेवा मिल्थ्याे तर साेचे जसरी भूमिका दिन सक्नु भएन। गाउँकमिटीले समय अनुसार बैठक नबाेलाउँदा सदस्यहरुमा भेटघाटकाे अभाव भई मायाप्रेम, सुखदुःखकाे अनुभुति साटासाट र वैचारिक वहसमा कमी देखिएकाे छ। पार्टीकै कमरेडहरु चिन्न नसकिने हुन कि भन्ने चिन्ता बढेकाे छ। विकासनिर्माणकाे काम सहित जनता सँग नाता नगाँस्दा फेरि हामी निर्वाचनमा शिवखुलित हुन सक्ने हेक्का हाेस भन्न चाहन्छु। नेतृत्वले दुरगामी साेच नबाेक्दा र एक पछि अर्काे गल्ती गर्दै जाँदा पार्टी र स्थानीयसित घूलमिल हुन सकिरहेकाे छैन। फेरि म शुभकामना कार्यक्रमलाई प्रष्ट पार्न चाहन्छु। घ्याङलेख गाउँपालिकामा अधिकांस जनजाति पर्छन्, झण्डै ९९.९७ प्रतिशत स्थानीय जनता विशुद्ध हिन्दु पर्व वडा दशैकाे मान्ने पक्षमा छैन। नमान्दैमा बिराेध गर्दै हिड्ने हाेइन, एकअर्काका धर्म, जातप्रती त्यहाँका नागरिक अब्बल ठाहारिन्छ। धार्मिक सहिष्णुता कायम राख्छन्,र हाेच्याउने धार्मिक वितण्डा मच्चाउने काम कहिल्यै पनि गर्दैनन्। यश भूगाेल अादिवासी जनजातिहरु पछिल्लो समय अाफ्नाे मूल सभ्यता,संस्कृति र रितीरिवाज भेषभुषा जाेगाउन लागेकाे सत्य हाे। अहिले यसकाे मुभमेण्ट नै देशब्यापी रुपमा चलिरहेकाे परिप्रेक्षमा अादिबासी जनजाति बाहुल्यता क्षेत्रमा दशैकाे शुभ- कमना कार्यक्रमकाे अौचित्य रहँदैन। हामीले अरु समयमा ब्यबस्थापन गर्न सक्नु पर्थ्याे। असाेज ३ मै हामीले भव्य कार्यक्रम राखिएकाे भए अध्यक्ष र सचिवकाे मात्र उचाई नबढेर सबै घ्याङलेखबासीकाे सम्मान र उचाइ बढ्ने थिएँ। अझ अचम्म कुरा त हाम्राे अध्यक्ष ज्यू, अादिवासी जनजातिकाे मुभमेन्ट तिर पनि फाेटाे सहित झल्याकझुलुक देखिन्छ। सचिव ज्यू, अखिल देखि घेदुङ बिध्यार्थीकाे केन्द्रीय उपाध्यक्षकाे कार्यकालमा हुनु हुन्छ। यदि यसप्रकारकाे गम्भीर विषयमा नसाेची जिल्लाका केही बाहुन नेता अतिथि बनाउँदै अायाेजक बन्नु भन्दा एक डाेकाे शुभ कामना लिएर जिल्ला झार्नुस र शुभ कामना लिनु र अाबश्यक परे अशिर्वाद लिन पनि म मेराे ब्यक्तिगत तर्फबाट सुझाब दिदै हाम्राे जिल्ला देखि केन्द्रसम्मकाे नेताहरु कम्युनिष्ट स्वभावकाे नभए पनि वडा दशैकाे शुभ-कमनामा कम्युनिष्ट शैली देखाउनु हुन्छ हाेला, भन्दै साे कार्यक्रममा अाफू उपस्थित हुन नैतिकताले नदिने र पार्टीले कार्वाही गरे हाँसी हाँसी सजायकाे भागी हुने र कार्यकर्ता हुँ भन्दैमा ढाेगी नहुने बिश्वास दिलाउँछु। क. अर्जुनकुमार ब्लाेन नेपाल कम्युनिष्ट पार्टी गाउँकमिटी स.सदस्य घ्याङलेख-१,सिन्धुली।
प्रतिक्रिया दिनुहोस