नेपालमै पहिलो तामाङ मौलिक दोहोरि गित चौतारी ह्याङ्ला तामाङ रिमठिम न्हान संचालन हुदै
782 Views
खोज मिडिया ,काठमाडौँ ,
नेपालमै पहिलो पटक तामाङ इतिहास , तामाङ पहिचान ,मौलिक गित,सस्कृति,सस्कार,भाषा र भेषभुषालाई बचाई राख्न ह्याङला तामाङ रिमठिम न्हान संचालनमा ल्याउने भएका छन्। मित्रनगर २६ काठमाडौँ बालाजु स्थित हाल चलिरहेको k.t.tandoori cafe मा अब भने ह्याङला तामाङ रिमठिम न्हान छिटै नै विधिवद रुपमा संचालनमा ल्याउने जानकारी संचालक अशोक कुमार लामा र जोक्मान लामा तामाङले दिनु भयो ।
पछिल्लो समय बजारमा तामाङ फापरे जुहारी गित निकै चर्चामा रहेको छ। जुन संगीत बिना मनको भाबना गीतबाट साटासाट गरिन्छ। परापुर्बकाल देखि नै चल्दै आएको तामाङ्ग फापरे जुहारी गित गाउन कुनै निश्चित ठाउ र समय हुदैन। जहाँ मेला पात,जात्रा ,मेला पर्ब ,बन जंगल खेतबारीमा समेत गाइने गित मौलिक गितलाई अब भने यो गित गाउन मेला पर्ब जात्रा कुर्न नपर्ने समेत जानकारी दिनु भयो।साथै ह्याङ्गला तामाङ्ग रिमठिम न्हानमा फापरे गित मात्रै नभएर सबै खाले गित डम्फु,सेलो दोहोरि लगाएत मन पर्ने कलाकारसंग आफैं गाउन पाउने अवसर समेत प्रदान गरिनेछ ।
तामाङ्गहरुको आफ्नै मौलिक गित भेषभुषासंगै तामाङ्ग खानाका परिकार आफ्नै परिबार साथीभाईसंगै रमाई रमाई खाना छुट्टै मज्जा हुनेछ भन्दै अहिलेका चर्चित फापरे जुहारी जोडी पोंदिला च्याङ्गबा र सुनिता बल,लगाएत अन्य कलाकारहरु समेतको बबाल प्रस्तुति र उपस्थिति रहने र देश विदेशबाट पनि राम्रै प्रतिक्रिया आएको जानकारी दिनु भयो।
प्रतिक्रिया दिनुहोस