तामाङ संस्कृतिको प्रवर्द्धनका लागि ‘Miss MhendoMaya Beauty Queen 2026’ अडिसन सम्पन्न
98 Views
काठमाडौं। पहिलो ऐतिहासिक “Miss MhendoMaya Beauty Queen 2026” को अडिसन कार्यक्रम सम्पन्न भएको छ। “तामाङ म्हेन्दोमाया मौलिक भाषा, कला, संस्कृति तथा भेषभूषाको संरक्षण, सौन्दर्य, पहिचान र आत्मविश्वासको प्रतीक” भन्ने नारासहित आयोजित प्रतियोगिताले तामाङ समुदायको मौलिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ।
काठमाडौंको गोंगबुस्थित बर्गर हाउसमा बी.एस.के. एक्टिभ नेपाल प्रोडक्सन प्रा.लि.को आयोजनामा शनिबार विशेष अडिसन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न सञ्चारगृहका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अडिसनमा निर्णायक मण्डलका रूपमा Miss Tamang 2024 रिया लामा, कलाकार बिगेन्द्र वाइबा तामाङ तथा गायिका एवं मोडल रितु तामाङ रहेका थिए। त्यस्तै ग्रूमिङ कोच रोजिन शाक्य, नृत्य कोरियोग्राफर एम.बी. गुरुङ, पसङ तामाङ तथा संयोजक विक्रम तामाङ लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा अतिथिका रूपमा लोकदोहोरी गायक निश लामा र यूथ क्रिएसनका अध्यक्ष रबि लामा सहभागी भएका थिए।
आयोजक समितिका अध्यक्ष सुर्या माम्बा (सुर्या तामाङ) का अनुसार प्रतियोगिताको ट्यालेन्ट राउण्ड आगामी वैशाख महिनाको अन्त्यतिर आयोजना गरिनेछ भने ग्रान्ड फिनाले जेठ महिनाको दोस्रो हप्तामा सम्पन्न गरिनेछ।
उक्त प्रतियोगिताले तामाङ समुदायको मौलिक कला, संस्कृति तथा पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।





प्रतिक्रिया दिनुहोस