फोटो पत्रकार अक्षयकोषलाई सरिता गुरुङद्वारा १५ हजार सहयोग
189 Views
पोखरा। नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन्।
सामाजिक क्षेत्रमा सक्रिय गुरुङले कोषका लागि नगद १५ हजार रुपैयाँ सहयोग गरेकी हुन्। मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा उनले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरिन्।
रकम हस्तान्तरणपछि बोल्दै अभियान्ता गुरुङले समाजका हरेक गतिविधिलाई तस्बिरमार्फत जनमानससम्म पुर्याउने फोटो पत्रकारहरूको वृत्तिविकासमा सानो भए पनि योगदान गर्न पाउँदा खुसी लागेको बताइन्।
उनले भनिन्, “जोखिम मोलेर कार्यक्षेत्रमा खटिने फोटो पत्रकारहरूका लागि स्थापना गरिएको यो कोषले भोलिका दिनमा अप्ठ्यारो पर्दा सारथि बन्ने विश्वास लिएकी छु।”
कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरकी गुरुङ हाल रोजगारीको सिलसिलामा अमेरिका बस्दै आएकी छन्।
सहयोग ग्रहण गर्दै एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङले अभियान्ता गुरुङप्रति धन्यवाद व्यक्त गरे। उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै कोषको रकम फोटो पत्रकारहरूको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए।
संघका अनुसार कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी तथा संघ–संस्थाबाट सहयोग जुट्ने क्रम जारी छ। यसअघि सल्लाहकार रमेश पौडेलले ५ हजार, अध्यक्ष राम गुरुङले १० हजार र सदस्य सञ्जय शाक्यले १० हजार रुपैयाँ सहयोग गरिसकेका छन्।
यसैबीच, अभियान्ता गुरुङले सोही कार्यक्रममा सहारा क्लब पोखरालाई पनि १० हजार रुपैयाँ सहयोग गरेकी छन्। क्लबले सञ्चालन गर्ने आहारारा पोखरा गोल्डकप को २५औँ वर्ष अर्थात रजत वर्ष विशेष बनाउन उनले उक्त सहयोग प्रदान गरेकी हुन्।
उक्त रकम गुरुङले सहारा क्लबका अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गरेकी थिइन्।





प्रतिक्रिया दिनुहोस