सुनचाँदीको भाउले फेरि तोड्यो रेकर्ड, बुधबार ऐतिहासिक वृद्धि
223 Views
काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले बुधबार पनि नयाँ कीर्तिमान कायम गरेको छ। लगातार बढ्दो मूल्यका कारण सुन बजार ऐतिहासिक उचाइमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले वृद्धि हुँदै ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको छ। यो हालसम्मकै सबैभन्दा उच्च मूल्य भएको महासंघले जनाएको छ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको थियो। त्यसको भोलिपल्टै ठूलो उछाल देखिँदा बजारमा सुनको मूल्यले नयाँ इतिहास बनाएको हो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ७३ हजार ३ सय २० रुपैयाँ पुगेको पनि महासंघले जानकारी दिएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँ कायम भएको छ।
लगातार बढिरहेको भाउका कारण सुन खरिद गर्ने उपभोक्ता प्रत्यक्ष प्रभावित भएका छन् भने लगानीकर्ताहरू भने बजारको उतारचढावलाई नजिकबाट नियालिरहेका छन्। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र विनिमय दरमा आएको परिवर्तनले नेपाली बजारमा समेत असर परेको व्यवसायीहरू बताउँछन्।





प्रतिक्रिया दिनुहोस