पोखरामा दोस्रो मालेपाटन मैत्रीपूर्ण लाखेनाच तथा सांस्कृतिक कार्यक्रम–२०८२ हुने
477 Views
पोखरा । पोखरा महानगरपालिका वडा नं ५ स्थित मालेपाटन खेलमैदानमा “दोस्रो मालेपाटन खुल्ला लाखेनाच प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम – २०८२” हुने भएको छ। ताया: मचा नाच समिति, मालेपाटन को आयोजनामा तथा नेवाः मिसाः पुचः इकाई ५, मालेपाटन ल्यांहः पूँचः, र मालेपाटन नेवा गुठी को सहआयोजनामा यो भव्य सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने छ।
उक्त कार्यक्रम श्रावण १६ गते, शुक्रबार आयोजना हुनेछ भने १५,००० भन्दा बढी दर्शकको उपस्थितिको अपेक्षा गरिएको छ। कार्यक्रमको प्रमुख आकर्षणका रूपमा पोखराका विभिन्न २० वटा लाखे नाच समूहहरूद्वारा जीवित सांस्कृतिक प्रस्तुतीहरू देखाइने छन्।
कार्यक्रमका उद्देश्यहरू:
कार्यक्रमका प्रमुख उद्देश्यहरूमध्ये निम्न कुराहरू उल्लेखनीय छन्:
1. शताब्दीयौंदेखि चल्दै आएको लाखे नाचको संरक्षण र सम्वर्द्धन।
2. परम्परागत कला र संस्कृतिको माध्यमबाट पर्यटन प्रवर्द्धन।
3. वडा नं ५ लाई सांस्कृतिक वडाको रूपमा पहिचान बनाउने अभियान।
4. नवपुस्तालाई मौलिक संस्कृति र परम्परामा आकर्षित गर्दै संरक्षणप्रति प्रेरित गर्ने।
5. नयाँ कलाकार उत्पादनमा सहयोग पुर्याउने र नेतृत्व क्षमताको विकास।
6. स्थानीय हस्तकला र नेवारी खानाको प्रवर्द्धन मार्फत स्व–रोजगार सिर्जना।
7. समुदाय–समुदायबीचको सहकार्य र सांस्कृतिक सद्भावको सुदृढीकरण।
कार्यक्रम संयन्त्र तथा सम्पर्क:
कार्यक्रम व्यवस्थापनका लागि विभिन्न समितिहरू गठन गरिएका छन्, जसमा:
• कार्यक्रम संयोजक: विनय श्रेष्ठ – 📞 ९८४६३८५३८५
• आर्थिक संयोजक: अयुष बाटाजु – 📞 ९७४५९९८९४३
• प्रचार संयोजक: बसन्त प्रसाद श्रेष्ठ – 📞 ९८५६०५३५६७
• नृत्य संयोजक: अश्विन राजवंशी – 📞 ९८१६६४७०३०
सांस्कृतिक पुनर्जागरणतर्फको ठोस कदम
लाखे नाच जस्ता मौलिक सम्पदाहरूको पुनरुत्थान र संरक्षणको यो अभियान पोखराको सांस्कृतिक पहिचानलाई अझै मजबुत बनाउने विश्वास लिइएको छ। विशेषगरी युवापुस्तालाई आ–आफ्नो जरा र पहिचानप्रति आकर्षित गर्दै यस किसिमका जात्रा तथा सांस्कृतिक कार्यक्रमहरूले सामाजिक एकता र सामूहिक चेतनालाई पनि बलियो बनाउने अपेक्षा गरिएको छ।





प्रतिक्रिया दिनुहोस