हिमाली जिल्ला मुस्ताङमा निशुल्क योग शिबिर
589 Views
पोखरा । ‘गरौं योग रहौं निरोग’ भन्ने उक्तिलाई आत्मसात गर्दै मुस्ताङको मार्फामा निशुल्क योग शिबिर सोमबारदेखि सुरु भएको छ ।
प्रमुख अतिथी घरपझोङ गाउँ पालिकाका प्रमुख मोहन सिंह लालचनले सोमबार कार्यक्रम को उद्घाटन गर्दै योगले रोगीको रोग हराउने, निरोगीलाई रोग लाग्नै नदिने भएकोले सबैले योग गर्नुपर्ने बताए ।
घरपझोङ गाउपालिकाको आयोजना, कर्मचारी मिलन केन्द्रको सह आयोजना, पतन्जली योग समिति गण्डकी प्रदेश समिति र महिला पतन्जली समिति कास्की जिल्ला समितिको समन्वयमा मार्फामा असार २३ गते देखि योग शिबिर संचालन हुने छ ।
त्यसै गरि असार २५ देखि २९ गते सम्म जोमसोम मुस्ताङमा योग शिबर गरिने पतन्जली योग समिति गण्डकी प्रदेश संरक्षक लोक दर्शन कोइरालाले बताए ।
२ नं. वडाका अध्यक्ष मानबहादुर हिराचन, प्रमुख प्रशिक्षक पुज्या साध्वी देवकृपाजी, पतन्जली योग समिति गण्डकी प्रदेशका प्रभारी नरेन्द्रमान लालचन, महिला पतन्जली योग समिती कास्कीकि अध्यक्ष उर्मिला हिराचनले योगको फाइदाका बारे चर्चा गरेका थिए ।
शिबिरमा पतन्जली योग समिति कास्कीका सचिव लक्ष्मी पुन, सहसचिव कृष्ण कुमारी शाही, कोषाध्यक्ष निलम शाह र कार्यसमिति सदस्य प्रजिना गहतराज लगाएतको सहभागीता रहेकोे छ ।





प्रतिक्रिया दिनुहोस