भिडले मिचिएर रोएँ(क्षेत्रबहादुर कुँवर)
987 Views
पोखरा, चैत ६ खोज मिडिया । वरिष्ठ शिक्षासेवी, साहित्यकार क्षेत्र बहादुर कुँवरको जीवन कथा अनौठा किसिमका रहेका छन । केहि अनुभवहरु उनको जीवन कथा नामक पुस्तक बाट उतारिएको केहि भावहरु जस्ताको त्यस्तै,
“उमेर ठ्याक्कै यति नै थियो भन्न सकिंन, तर सानो थिए, सम्झन्छु । राजा त्रिभुवन हुन् भन्ने लाग्छ, पहिलो पटक हवाईजहाज चढी पोखरा आएको । राजा आउने भनेपछि त्यो विषय खडेरीको आ*गो फैलिए झैँ फैलियो । राजा भनेको अर्कै विषय रुप र प्रकृतिका हुन् भन्ने मानसिकता आममानिसमा व्याप्त थियो ।”
राजा र जहाजलाई समेत नजिकबाट हेर्ने हुटहुटि बोकेर गाउँटोलको हुलसंग निकट हुंदै तर उछिन्दैं, उछिन्दैं पोखरा एयरपोर्ट पुगे । हवाई ग्राउण्डलाई तारबार गरिएको थिएन । सुरक्षाका लागि केहि पुलिस र सेना तैनाथ थिए । महिलाहरुको उपस्थित अति न्युन थियो तर चारैतिरबाट आएका जुलुस्कै ठाऊँ भरिभराउ र खचाखच थियॊ । झन्डा फ़हर्याइएका थिए । जय जयकारका नारा घन्किएका थिए ।
“करिब आधा घन्टाको व्यग्र प्रतिक्षापछि जहाज मैदानमा ऒर्लियो । विचित्र स्वरुपका राजा अब देखा पर्ने कुरा मेरो मगजमा सजिएको थियो । राजालाई जति सक्दो नजिकैबाट नियाल्न चाहनेहरुको कौतुहलपूर्ण हलचलले मलाई असहाय बनायो । भिडभित्रको मेरो आखाँले राजा देख्न त पराई जाओस, सास फेर्न समेत गाह्रो हुँदै आयो ।” म मान्छे- मान्छेको धक्काले रगडिएं । म निस्सासिए । भिडभित्रै हराएँ । अब कुनै उपाए नासुझेपछी जीवन रक्षाका लागि चिच्चाएँ र बेसरी रोएँ पनि ।
सो यत्नापछि मेरो आडछेउमा खाँदिएका मानिसहरुले मेरा लागि गुहार मागिदिए । बालक मिचिएर मर्नै आट्यो भन्दै कुर्लिए ।उक्त याचनापश्चात दुईजना सिभिल सुरक्षाकर्मिले हठात् भिडबाट मलाई छुट्कार दिलाए । मेरो ज्यान बच्यो । यदाकदा घटना ताजा बनेर आउँछ । झन्डै चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरि भने जस्तै भएन !
प्रतिक्रिया दिनुहोस