रिसाउनु भन्दा अगाडी सोच्नु पर्ने ज्ञान ,के गर्ने के नगर्ने
549 Views
रजनि तामाङ्ग
कास्की ,खोज मिडिया २५ भदौ । कुनै ठाउमा बुबा र छोरा थिए । दुई बीच अतिनै राम्रो सम्बन्ध थियो । बुबाको लागि छोरा जस्तो आज्ञाकारी र प्यारो संसारमा कोई पनि थिएन भने छोराको लागि पनि बुबा जस्तो एकदमै आईडल पर्सन कोई पनि थिएन ।
समय अगाडी बढ्दै जान्छ । साथीहरुको संगतमा आउदा आउदै छोरा बिस्तारै बिस्तारै अलिकति घरमा ढिला आउने ,साथीहरुको संगतमा कहिकतै गईदिने , आईसके पछि म यहाँबाट आएको यहाँ गएको थिए यो पनि नबताउने । गर्दा गर्दै दुई बिचको सम्बन्ध अचानक धेरै नै बिग्रिन जान्छ । र बुबाको मनमा आईदिन्छ कि मेरो छोरा यस्तोता थिएन ।
आज अचानक किन यसरी बदलि हुदै छ ? थाह छ साथि भाईको संगत जसले गर्दा सानो सानो कुरामा रिसाई हाल्ने , कुनै कारण नै नचाहिने तर रिसाई दीइहाल्ने । यसरी दिन अगाडी बढ्दै थियो तर आफ्नो छोरा माथि बुबाकोत स्वभाविक रुपमा धेरै भन्दा धेरै स्न्नेह हुन्छनै ।
कसैगरेर आफ्नो छोरालाई सुधार्नुनै थियो । जसको कारणले सोच्न पुग्छ । कि आखिर म कुन तरिकाले आफ्नो छोरालाई सहि ट्रयाकमा ल्याउनेत । यही क्रममा उनले एकदिन छोरालाई बोलाउछन । आफ्नो अगाडी राख्छन र छोरालाई केवल एउटई कुरा मात्रै भन्छन । “बाबु जीवनमा मईले तिमीसंग केहि पनि कुराको आजसम्म पनि अपेक्षा गरेकै थिएन , गरेकै छैन ,गर्ने पनि छैन ।”
“फेरी पनि म केहि कुरा तिमीसंग मगना खोज्दैछु,” के तिमि दिन सक्छौ ? यसको प्रतिउत्तरमा छोराले भन्छन ! “के कुरा चाहियो बुबा ? भन्नुसना म दीहाल्छुनी !” किनकि छोराको पनिता बुबासंगत प्यार उत्तिकै थियो । बाबु तिमीलाई जब-जब रिस उठ्छ, कुनै पनि कुरामा झर्को लग्न थाल्छ , त्योबेलामा केवल एउटा काम गरिदेउ है ! “भनेर उनको हातमा किल्लाले भरिएको एउटा डिब्बा र एउटा हतौडा थमाई दिएछ ।”
र त्यस पश्चात छोरालाई बुबाले भन्छन । बाबु रिस उठ्ने बित्तिकै तिमि सुत्ने कोठाको चारै तिरको भित्तामा किल्ला ठोक्दै जाउ,”ठोक्दै जाउ”! बस यो एउटा काम गरिदेउ । “बुबाको कुरा सुनेर छोरालाई अचम्म लाग्छ !”
हैन यो बुबालाई पनि कहिले काहीं के-के कुरामा रहर लाग्छ थाहै छैन, र सानो किल्ला ठोक्ने कामको लागि पनि मलाई यति राम्रोरी सम्झाऊनु पर्ने थियोर ? “भईहाल्छानी म गर्छु ।” त्यसरी जवाफ दिदै छोरा आफ्नो कोठातिर जान्छन ।
“केहि दिन पछिनै किल्ला आफ्नो कोठाको भित्ताभरी ठोकन ऊ सफल हुन्छन ।” र त्यो चारैतिरको किल्लै किल्लालाई देखेपछि छोराको मनमा अचानक यो मनमा अऊँछकि ! हैन म कत्ति धेरै चाही रिसाउने रहेछुत ? “कत्ति छिन छिनमै मलाई रिस उठेको यो ?” ओहो यो काम चाहि ठिक रहेनछ है । यो सोचिकन बुबाकोमा जान्छन र बुबालाई भन्छन ! बुबा यो रिसाउने काम ठिक रहेनछ , म रिसाउदिननि अबदेखि , बुबाले भन्छन ! “तिमीलाई रिसाउछु भन्ने फिल भयो ?”
“हो बुबा म धेरै रिसाउने रहेछु ।” आवश्यकता भन्दा बढी कुरामा रिसाउने रहेछु । उसोभए तिमीलाई आज फिल भईरहेको छ ? कि म रिसाइरहेकोछु ? मलाई रिसाउनु हुन्न भन्ने ? अब देखि जब-जब तिमीलाई रिस उठ्छ र “रिस उठ्ने बित्तिकै मलाई रिसाउनु छैन है” भन्ने त्यो सोच आउने बित्तिकै “एउटा चाही किल्ला निकाल” । तर यसको लागि चाही अलि धेरै समय लागेछ मानौ पहिला एक हप्ता लागेको थियो भने अर्को पटक उनलाई दुईतिन हप्ता नै लाग्यो ।
र जसरि नै सबै किल्ला एक पछि अर्को, अर्को पछि अर्को, निकाल्दै जाने क्रममा जब पुरा किल्ला हटाई सकेपछि , बुबालाई गएर भन्छन ! बुबा मैले सारा किल्ला निकालिसके । अनि बुबा मुसुक्क हास्छन । बढो रहस्यमय ढंगले र छोरालाई आफ्नो हातले पक्रिदै लिएर जान्छन कोठामा र कोठाको चारै तिरको भित्तामा देखाउछन । एकपल्ट नियालेर हेरत !
“तिमीलाई जुन बेलामा रिस उठ्यो, त्यो बेलामा तिमीले हतौडाले किल्ला ठोक्यो ।” र जुनबेला तिमीलाई रिलराइज भयो कि मलाई रिसाउनु हुदैन है , त्यसपछि तिमीले किल्लाई निकाल्यो अब किल्ला ठोक्यो पनि किल्ला निकाल्यो पनि तर, यो किल्लाले बनाएको प्वाललाई चाहिं के ले निकाल्ने ? यसरी सोद्दखेरी छोरा बढो निशब्द हुन गयो ।
बुबाको मुखमा पुर्लुक्क हेर्न पुग्छन र बुबाले भन्छन ! हेर बाबु, तिमि आफै बुझ तिमीले जब-जब रिसायौ तिमीलाई थाहै नहुने किसिमले आफ्नै सरिर मा नै तिमीले किल्ला ठोक्यो र जब तिमीलाई रिसाउनु छैन भनेर सोच आयो पक्कै पनि त्यो किल्लाई निकाल्नेत काम गर्यो तर , अब त्यो किल्लाले बनाएको जुन प्वाल छ, त्यो प्वाललाई टाल्ने कसरि ? त्यो प्वाललाई टाल्नको लागि नै तिमीमा सहि विभेक्को आवश्यकता पर्छ है भनेर यसरी जब छोरालाई बुबाले सम्झाउछन त छोरा बढो स्नेह पुर्बक सुन्नुको साथै उसमा चाडै भन्दा चाडै परिवर्तन पनि आउँन थाल्छ ।





प्रतिक्रिया दिनुहोस