तिज गीतमा बिकृति आएकोबारे बिगत १५ वर्ष देखि आवाज उठाउदै(प्राज्ञा हरिदेवी कोइराला)
753 Views
रजनी तामाङ्ग !
पोखरा , खोज मिडिया २१ साउन । वरिष्ठ लोकगायिका (प्राज्ञा) हरिदेवी कोइराला द्वारा तीजको म*र्मलाई प्र*हार गर्ने काम कसैले गर्न नहुने बताउनु भएको छ । मिडिया सगं कुरा गर्दै वरिष्ठ गायिका कोइरालाले तीज गीतमा आएको वि*कृतिको बारेमा आफूले विगत १५ वर्ष देखि निरन्तर आवाज उठाउदै आएको बताउनुभयो ।
७ वर्षको उमेरदेखी नै गीत सगंगीतमा रुचि रहेका वरिष्ठ गायिका कोइराला मौलिक विषयबस्तुलाई सरल शब्द र लयमा आफ्नो सुमधुर आवाज भरेर नेपाली सांगीतिक फाँटमा छुट्टै पहिचान बनाउन सफल व्यक्ति हुनुहुन्छ । उहाँले ७ वर्षको उमेरदेखि नै गीत संगीत र कवितातर्फ रुचि राख्नुहुन्थ्यो । स्कुलमा हुने साहित्यिक कार्यक्रममा भाग लिने गर्नुभएकी उहाँले बाराही मा.वि मा ७ कक्षा पढ्दा देवकोटा जयन्तिको उपलक्ष्यमा आयोजित कार्यक्रममा पहिलो पटक पुरस्कार जित्नुभएको थियो ।
पुरस्कार जिते पश्चात यो क्षेत्रमा अगाडि बढ्न झनै हौसिनुभएको थियो । त्यसपछि स्कुलमा हुने शुक्रबार स्तरीय कार्यक्रममा थुर्पै पुरस्कार हात पार्नुभएको थियो । गाउने, लेख्ने, साहित्यिक कार्यक्रममा भाग लिने गरेपनि घरमा खुलेर भन्न नसक्ने उहाँको बानी थियो । घरमा ढाँटेर छलेर साहित्यिक कार्यक्रममा भाग लिन जाने गर्ने उहाँ साहित्यिक कार्यक्रमको लागि स्कुल ड्रेसमा नै घण्टौ हिडेर पनि पुगिछाड्ने गर्नुहुन्थ्यो । साहित्यिक कार्यक्रममा रुची बढी भएकोले लयबद्ध तरिकाले कविता कोर्ने गर्नुहुन्थ्यो ।
उहाँको २०३४ सालमा विवाह भएको थियो । आफूले देख्दै नदेखेको व्यक्तिसँग मागी विवाह गरेको बताउने उहाँलाई विवाह पश्चात भने गीत संगीत र साहित्य क्षेत्रको यात्रामा झनै सहज भयो । किनकि उहाँलाई गीत संगीतको क्षेत्रमा श्रीमान रामबहादुर कोइरालाको खुलेरै सर्पोट मिल्न पुग्यो । उहाँको सर्पोट आजसम्म निरन्तर जारी रहेको छ ।
भ्युजको लागि गलत गर्न खोज्नु संस्कृतिको लागि वि*डम्बना भएको उहाँकाे भनाइ रहेको छ । उहाँले मौलिक विषयबस्तुलाई सरल शब्द र लयमा आफ्नो सुमधुर आवाज भरी नेपाली साँगीतिक फाँटमा छुट्टै पहिचान बनाउन सफल गायिका हुन् हरि देवी कोइराला । विगत ३५ वर्षदेखि हालसम्म निरन्तर तीज गीत पस्कने आउनुभएको छ । उहाँका गीतमा नेपाली माटोको सुगन्ध भेटिन्छ । सबैले मौलिकतालाई ध्यान दिदै नेपाली ठेट शब्द गीत मार्फत पस्कन सके नयाँ पुस्ताले सिक्ने उहाँको विश्वास र भनाइ रहेको छ ।
तीजको मर्मलाई प्रहार गर्ने कुरा कसैले पनि गर्न भएन / कलाकारले आफ्नो धर्म सम्झनुपर्छ / परिवार सम्झनुपर्छ/ समाज सम्झनुपर्छ / आफूले गाएको गीतले भोलि घरमा छोराले के सिक्छ/ आमाले/ बुबाले कसरी सुन्नुहुन्छ/ दिदी बहिनीहरुले कसरी सुन्लान् त्यतातिर ध्यान जानुपर्छ । कमाउने र रमाउने भन्दापनि संस्कृति प्रतिको सम्मान गरेर स्वस्थ मनोरञ्जनसँगै समाजलाई सन्देश दिनुपर्छ । जुनसुकै क्षेत्रमा पनि वि*कृति वि*संगति हुनु हुँदैन / आफ्नो धर्म कसैले पनि छोड्नु हुँदैन / भनी यसरी प्रस्ट पारेका छन ।
खोलाले धर्म छोड्यो भने कत्रो क्षे*ति पुर्याउछ त्यस्तै हो गीत संगीतमा पनि / के गीत गाउँदै छु ? कस्तो गीत गाउँदैछु ? कुन पर्वको गीत गाउँदै छु ? कुन महिनाको गीत गाउँदैछु ?थाहा हुनुपर्छ । असार नलाउदै तीजका गीत घन्कने/ रत्यौली गीत गाउने गर्नु हुँदैन / उच्चारण गर्न नमिल्ने शब्द/ हेर्न नमिल्ने भिडियोलाई स्थान दिनु हुँदैन / जानी*जानी तीजका नाउँमा तीजको बहाना बनाएर समाजलाई अपाच्य हुने गरेर कुनै आय आर्जन गर्नु हुन्न । भ्युज बढाउनेको नाउँमा ग*लत गर्नु हुँदैन भन्ने उहाँको सरल भाषा रहेको छ ।
अहिले भ्युजको लागि गलत गर्न खोजिएको देखिन्छ तर यो संस्कृति प्रतिको ठूलो विड*म्बना हो । सबैले चिन्तन मनन गर्दै समाजमा पाच्य हुने खालको सामाजिक तथा पारिवारिक खालका गीत ल्याउनु पर्ने भन्ने उहाको भनाई हो । गीत ल्याउनु भन्दा पहिला तीजको मर्म बुझी दिदी भाइ बसेर सुन्ने/ आमा बुबा बसेर सुन्ने गीत कस्तो हुन्छ भनिरहनु पर्ने कुरा हैन । उहाँले भन्नुभयो ।
यस्तै हुन्छ भनेर परिभाषा भन्दानी समाजका आम वि*कृति विसं*गति/सामाजिक मर्म वेदना चाहे राष्ट्रका हुन्, चाहे परिवारका हुन्, चाहे समाजका हुन्, चाहे आफन्तका हुन्, मनको दु*ख सुख हरेक कुराहरु यस्मा तिज गीतमा आउँछ । यही भित्र बस्नुपर्छ भन्ने छैन तर तीजको लयमा नी मौलिकता ल्याउनु पर्यो । भाषालाई पनि ध्यान दिनुपर्यो । नेपाली ठेट शब्दहरु ल्याउन सके पछिल्लो पुस्ताले सिक्ने मौका मिल्ने थियो । हामीसँग भएको धेरै भाषाहरु लोप भैसके । त्यो पक्षमा हामीले ध्यान दिनुपर्यो । अलिकती भेषभुषालाई पनि ध्यान दिनुपर्यो । त्यसको परिवेश के छ? घटना के छ ? भन्ने बिषयलाई दर्साउन पर्यो भन्ने उहाँको भनाइ रहेको छ ।
सकभर पुरानो चिजलाई पनि हामीले ल्यायौ भने त्यो भोलि हाम्रै सन्तान तथा नेपाली समाजको लागि सम्पत्ति बन्छ । यो सबैको साझा सम्पत्ति हो । यो साझा चिजलाई अहिले अलिकति विगार्यौ अर्को वर्ष अलिकति विगार्यो गरेर हेर्ने नमिल्ने/ सुन्ने नमिल्ने हुने स्थिति गर्नुभन्दा जो–जोले गर्नुभएको छ । त्यस्तो गर्नहुँदैन / सजग हुनुपर्छ / सचेत हुनुपर्छ भनी यसरी खुलास गर्नु भयको छ ।
मैले यो विषयमा बोल्न थालेको १२/ १५ वर्ष भैसक्यो । केही सङलिएको स्थिति छ । केही कलाकारले गीत राम्रो गाउने प्रयास गर्नुभएको छ । तीज गीतको नाममा रत्यौलीको भाकालाई कृपया स्थान नदिउ । बरु रत्यौलीलाई रत्यौली नै भनेर निकालौ । सबैले तीजमा तीजको मौलिकपनलाई ध्यान दिएर गीत ल्याउने गरौ ।
अहिले तीजका गीत ट्रयाक चेञ्ज भएर माया पिरतीका कुरा तिर गएको छ । रत्यौलीतिर गयो , दोहोरीतिर गयो , सबै कुरा तीजका गीतमा घुसाउनु हुँदैन , यस्ता सामान्य कुरा बुझ्नुपर्छ कलाकारले ।
२०४० सालमा (पाइन खबर) बोलको गीत रे*र्कड गरी नेपाली साँगीतिक फाँटमा डेब्यु गर्नुभएकी उहाँले रेडियोमा गाएको पहिलो गीत भने (आँखाभरी आसुको सहारा) हो । आठवटा एकल लोक गीत समावेश यहि एल्बमबाट नै यो क्षेत्रमा जम्न सफल बन्नुभयो । सो समयमा अहिलेको जस्तो प्रविधि थिएन रहरै रहरमा एक विहान चारवटा गीत अर्को विहान चारवटा गरी गीत रेर्कड गरेको सामान्य प्राइभेट घरमा रेर्कड गरेको उहाँले अझै पनि विर्सनु भएको छैन । म्युजिक नेपालबाट निकाल्दा स्वर परीक्षा दिनुपर्ने, गीतको बारेमा सबैकुरा भन्नुपर्ने अलि समय लाग्ने भएकोले एउटा घरमा रेर्कड गरेकी उहाँले बताउनु भयो । प्राज्ञा हरिदेवी कोइराला सामाजिक क्षेत्रमा पनि उस्तै सक्रिय हुनुहुन्छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिषद सदस्य रहनुभएकी उहाँ हरिदेवी संगीत नाट्य सम्मान कोष/लेखनाथ साहित्य प्रतिष्ठान/ अलिमिया लोक वाङमय प्रतिष्ठान/ सप्तरङ्गी साँस्कृतीक प्रतिष्ठान/संगीत प्रशिक्षण केन्द्र आदि दर्जनौ साहित्यिक/ सांगीतिक एवंम सामाजिक संघसंस्थामा समेत आवद्ध हुनुहुन्छ । प्रतिष्ठान मार्फत लापोन्मुख भाकाहरुको संरक्षण गर्ने कार्यक्रमा उहाँ यतिबेला निरन्तर लागि पर्नुभएको बताउनुभयो ।
आफूले गीत संगीतको क्षेत्रमा देखेको सपना मध्ये एक चौथाई मात्र पुरा भएको उहाँले बताउनु भएको छ । (मैले गीत संगीतको क्षेत्रमा देखेको सपना को एक चौथाई मात्र पुरा भएको छ!धेरै पुरा भएको छैन / केही गर्न सकियन जस्तो लाग्छ / हाम्रा मौलिक चिजहरु अझै गाउँघरमा धेरै छन् / तीनलाई ल्याउन पाए भन्ने मनमा हुन्छ) उहाँले भन्नुभयो !
पर्दापछाडि/ गाउँका कुनाकाप्चामा रहेका श्रष्टाको इतिहास राख्न पाए भन्ने उहाँको मनमा छ । भिजुयलहरु भइदिए इतिहास बन्थ्यो भन्ने मनमा आउँछ । संग्रालय बनाएर राख्न पाए हुने हो । राष्ट्रले एउटा यस्ता चिजहरु जुन अहिलेसम्म प्रकाशमा आएका छैनन् तीनलाई खोजेर तीनको अभिलेख/ तिनको इतिहास तिनको सुची बनाउन सके हुने हो / यसरी संरक्षण गर्न पाए भन्ने सपना मनमा छ तर एक्लैले सम्भव छैन भनी सपनाको भाब पोखाउनुभयो ।
हामी जस्तो मिडियामा छाइरहेका त त्यसै चिनिएकै छौ । हाम्रो गीतको माध्यमबाट इतिहास रहन्छ । जो पर्दा पछाडि नेपथ्यमा रहेका गीत संगीतका मुलसर्जकहरु हुनुहुन्छ । त्यस्ता चिज वा व्यक्तिलाई संरक्षण गर्न पाए /अभिलेख राख्न पाए/ स्वराकंन/ दृश्याकंन गर्न पाए / त्यस्तो सग्रालय भैदिए हुने थियो / प्रदेशले पनि सहयोग गेर भोलीको पुस्ताले हेर्ने बुझ्ने अवसर पाउने थिए । यी कुरा मनमा आइरहन्छ उहाले भ्न्नुभयो ।
२०४२ सालदेखि निरन्तर तीजका गीतमा लाग्नुभएको बताउनुहुन्छ । उहाँले के सिन्दुर पहिरेछु धर्म छाडाको २०४२ एम एससी रेकडिङ स्टुडियोबाट निकाल्नू भएको थियो । दुई एल्बम राम्रोसँग चलेपछि बल्ल म्युजिक नेपालले उहाँलाई आफ्नो स्टुडियोमा बोलाएको थियो । त्यसपछि निरन्तर त्यहीबाट एल्बम निकालेको उहाँ बताउनुहुन्छ ।
उहाँका मनको वह/ दुखिको विलौना/ फेवाताल सलल/ कास्कीको कोसेली/ पाइन खबर–२/ काठमाण्डौको कथा/ फूल गोगनको/ पिपल चौतारी/ मुटुको धड्कन/ ऐना हेरेर/ लाली फूल/ झिलझिल सितारा लगायतका असीभन्दा बढी एल्बम आइसकेका छन् । आफ्नै शब्द लय र आवाजमा चारसय भन्दा बढी गीत उहाँले तयार पारिसक्नुभएको छ । उहाँले २०४२ सालदेखि निरन्तर तीजका एल्बम बजारमा निकालिरहनुभएको छ । यो वर्ष उहाँको जरुवाको पानी करुवामा कलकली बोलको तीज गीत आईसकेको छ ।
कोइराला देवी सम्मान साहित्य सम्मान/ साहित्य सम्मान/ नुरगंगा राष्ट्रिय पुरस्कार/ तन्नेरी द्धैमासिक पुरस्कार/ देउडा समाज/ रेडियो नेपाल/ अन्तराष्ट्रिय संगीत दिवस पुरस्कार/ बाराही रत्न पुरस्कार/ कोइराला रत्न पुरस्कार/ अलिमिया लोक वाङमय पुरस्कार/ म्युजिक नेपालले आयोजना गर्ने राष्ट्रिय स्तरको अवार्ड लगायत झण्डै तीन सय पुरस्कार तथा सम्मान उहाँले पाउनुभएको छ ।
उहाँको साहित्यमा उस्तै लगाव रहेको छ । गीत गाउने शव्द लय सिर्जन गर्ने मात्र हैन निबन्ध/ गजल/ गीत मुक्तक हाइकु समेत लेख्नुभएको छ । उहाँका गीत र कवितामा सोधकार्य समेत भैसकेको छ । उहाँका मेरो देशको छातीभित्र दुखेजस्तो लाग्छ कविता सङ्ग्रह/ तीजको गीती संग्रह माइती रमाइलो/ तरङ्ग कविता सङ्ग्रह/ न घाम झर्यो न जुन झर्यो/ आफ्नै गीत आफ्नै भाका लोकगीत सङ्ग्रह/ के छ हजुर हालचाल यता / गीति सङ्ग्रह र अन्य थुर्पै फुटकर गीत गजल मुक्तक प्रकाशन भइसकेका छन् ।





प्रतिक्रिया दिनुहोस