साउने संक्रान्ति विशेष गरि लुतो फाल्ने र तिउरीकाे पात थिचेर लगाउने दिन
937 Views
पाेखरा, खाेज मिडिया ३ साउन । हाम्रो देश नेपाल भाषा/भेषभुषा /संस्कृति र परम्परामा अन्य देशको तुलनामा निकै अगाडि रहेकाे छ । यसैकारणले गर्दा हामी सांस्कृतिक रूपमा धनी छौं । संसारको जुनसुकै कुनामा किन नबसौं हामीलाई हाम्रै मौलिक संस्कृति प्यारो लाग्छ ।
युट्युव वा टिकटकमै किन नहोस धान रोपेको हि*लो खेलेको हेर्न पाउँदा आनन्द लाग्छ । तीजका गीतमा दिदीबहिनी मिलेर छम*छम नाच्न पाउँदा/ दशैंमा छुट्टि मिलाएरै भएपनि परिवारसंगै बसेर टिका लगाउन पाउँदा/तिहारमा देउसी भैलो खेल्दा हामीलाई साँच्चै खुसीको अनुभूति हुन्छ ।
त्यसैले त हाम्रो देश र हाम्रो देशको संस्कृति विश्वमै अगाडि छ भन्न पाउँदा गर्व लाग्छ । चाहे असारमा धान रोप्दा होस् या त मंसिरमा धान भित्र्याउँदा किन न*होस हामी त्यस्ता दिनहरूलाई पर्वका रूपमा मनाउने गर्दछौं । असार पन्ध्रको असारे गीत / दहि च्युरा/साउने पन्ध्रको खीर/ माघे सक्रान्तिको तीलको लड्डु/खिचडी/तरुल र सखरखण्ड यी सबैको वि*शेष मह*त्त्व छ हामी नेपालीको लागि ।
प्रकृतिमा हरियोलाई उत्पादन र खुसीयालीको प्रतीक पनि मानिन्छ । त्यसैले प्रकृतिको एक उत्कृष्ट रङ्ग हो हरियो । चारैतिर हरियालीको उल्लास फैलिने महिना हो साउन । त्यसैले साउन महिनालाई आफैमा एउटा उल्लासको महिनाको रूपमा लिन सकिन्छ । साउन यस अर्थमा पनि महत्त्वपूर्ण किन मानिन्छ भने साउने सक्रान्तिदेखि बिस्तारै नेपालीहरूका घर आँगनमा चाडपर्वको आगमन हुन् थाल्दछ ।
त्यसैले पनि साउन महिना हामी नेपालीहरू माझ छुट्टै उल्लास र उमङ्ग लिएर आइपुग्छ । यसैकारण साउन प्रकृति र संस्कृतिको सुन्दर महिना पनि हो । अर्को रूपमा भन्नुपर्दा हरियो सागपात/तरकारी स्वास्थ्यको लागि पनि अत्यावश्यक कुरा हो । साउन महिना प्रसस्त हरियाेतरकारी/लौका/घिरौला/करेला/चिचिन्ना/भिन्टी/मकै बोडी फल्ने महिना हो । त्यसैले स्वास्थ्यका दृष्टिले पनि साउन एउटा महत्त्वपूर्ण महिना मानिन्छ ।
पहिले पहिले साउने सक्रान्तिको दिनलाई लुतो फाल्ने दिनका रूपमा लिने गरिन्थ्यो । यद्दपि गाउँघरतिर यो चलन अझै रहिरहेको पाइन्छ । लुतो वि*शेष गरेर रातिको समयमा ठूलो आगोको अगुल्ठाले लुतो जा*लुतो जा भनेर चिच्याएर फ्याक्ने चलन छ ।
जब हामी साना-साना थियौं हाम्रा लागि साउने संक्रान्ति एक विशेष दिनका रूपमा आउने गर्थ्यौं । यो दिन लुतो फाल्ने कुराले भन्दा पनि हरिया मकै चढाउने कुराले हामी बढी उत्साहित हुन्थ्यौं । मकै सामन्यतया बाबाले यही दिनमा चढाउने हुनाले पनि हामी साउने सक्रान्तिको दिनको व्यग्र प्रतीक्षामा हुने गर्दथ्यौं ।
त्यो दिन पनि विशेष गरेर बाबाले विहानमा मकै चढाउने र रातिमा लुतो फाल्ने गर्नुहुन्थ्यो । चारैतिर हरिया रूखहरूले भरिएको पहाड/अग्ला अग्ला हरिया मकैका बोटले भरिपूर्ण बारीहरू/भर्खरै गोड्न सुरू गरिएका लहलह धानका आलीहरूले निकै सुन्दर देखिन्छन घर*गाउँ/वनपाखाहरू यतिबेला । सायद यिनै कारणहरूले अझ सुन्दर बनाएको हुन्छ साउन महिनालाई ।
त्यसैले हामी नेपालीहरू साउन महिनाको पहिलो दिनलाई साउने सक्रान्ति भनेर मनाउने गर्दछौं । साउने सक्रान्तिको आफ्नै मौलिक परम्परा र संस्कृति रहेको छ जसका कारणले यो दिन नेपालीहरूका लागि विशेष दिन मनिन्छ ।
साउने सक्रान्तिमा हामी अर्को कुराले पनि औधि खुसी हुने गर्थ्यौं किनभने त्यो दिन तिउरी लाउने दिन हुन्थ्यो । अहिले अहिले हातमा मेहेन्दी लाएजस्तै हामी हातभरि तिउरी लगाउने गर्थ्यौं । साउने सक्रान्तिको दिन दिउसैदेखि तिउरीका रूख खोजेर पात टिपेर जम्मा पारिन्थ्यो । साँझपख त्यसलाई ढुंगामा थिचेर मसिनो पारिन्थ्यो ।
बेलुकीको खाना खाइसकेपछि हातभरि तिउरी लगाइन्थ्यो । त्यो तिउरी राम्ररी बसोस भन्नका लागि त्यसमा अमिलो/माकुराको जालो/कुमलकोटीको माटो पनि राख्ने काम हुन्थ्यो । हातमा लगाइसकेपछि गाभाको पातले बेरेर डोरीले बाँधेर नफुत्किने गरेर सुतिन्थ्यो । तर कहिलेकाहीं डोरी फुत्केर बिस्तारा पूरै रातै पनि हुने गर्दथ्यो ।
जब भोलिपल्ट बिहान हुन्थ्यो तब पँधेरामा कस्का हात बढी राता भए र राम्रा देखिए भन्ने खालको एक किसिमको प्रतिस्पर्धा जस्तो पनि हुने गर्दथ्यो । जसका हात राता भए उसले राम्रो तरिकाले तिउरी लगाएको ठहर्थ्यो भने अलि कम राता हुनेले त्यति धेरै तरिका नअपनाएको जस्तो लाग्थ्यो ।
तर जे होस् त्यति गर्न पाउँदा पनि हामीलाई यति धेरै खुसी मिल्थ्यों कि सायद हामीले संसारका अमूल्य चीज प्राप्त गर्यौं। त्यो खुसीमा आत्मीयता र हार्दिकता मिसिएको हुन्थ्यो। अझ त्यसमाथि मौलिकताको रङ्ग थपिदा गज्जबको रमाइलो आभाष हुन्थ्यो मनमा । वाल्यकालको खुसी पो खुसी । जहाँ हामी सानो कुराले पनि धेरै खुसी हुन् सक्थ्यौं । थोरै रहर पूरा हुँदा पनि धेरै रमाउन सक्थ्यौं । हाम्रो खुसी आफ्नै खालको हुन्थ्यो रमाइलो अर्गानिक।
समय परिवर्तनशील छ । समयको परिवर्तनसंगै यस पर्वलाई पनि आधुनिकताको बाछिटाले अलिकति छिट्याएको भने पक्कै छ । साउने सक्रान्तिको आगमनसंगै हामी महिलाहरूले हातमा लागाउने मेहेन्दी/ हरिया चुरा/हरियो साडी र हरिया पोते र टीकाको फेसनले साउने सक्रान्तिको मौलिकतामा प्रश्न चिन्ह(?) भने खडा गरिदिएको छ ।
अझ अर्को शब्दमा भन्दा यसले हरिया सामानहरूको व्यापारलाई अझ फस्टाउने मौका भने दिएको छ। हामी प्राकृतिक कुरामाभन्दा पनि कृतिम कुरामा रमाउनमा व्यस्त भएका छौँ ।आफ्ना परिवार र आफूले खाने हरिया तरकारी र सागपातमा ध्यान जानुको साटो फेसन आएको हरिया चुरा र साडीमा बढी ध्यान दिन थालेका छौ । प्रकृति र प्रकृतिबाट पाउन सकिने अनुपम उपहारतिर भन्दा आधुनिक तडकभडक र अप्राकृतिक कुराहरूमा बढी रमाउन थालेका छौं । जसको परिणाम स्वरूप हाम्रा मौलिक संस्कृति र परम्पराबाट हामी आफ्ना सन्तानहरूलाई वन्चित गराउदै लगेका छौं । त्यसैले लाग्छ अहिलेको पिढीको जीवन रङ्ग उडेको जीवनजस्तो बनेको छ । इन्जिनले चल्ने मेशिनजस्तो भएको छ।धार्मिक दृष्टिले हेर्दा पनि
आजभोलिको पुस्तालाई तिउरी/लुतो/सक्रान्तिजस्ता शब्दहरू नौला लाग्दै गएका छन । अब त हुँदा*हुँदा अहिलेको पुस्ताले मकै/चामलजस्ता अन्न पनि मेशिनबाटै उत्पादन हुन्छ होला भनेर बुझ्न थालिसकेको छ । अहिलेको पुस्ता हाम्रा मौलिक परम्परा र संस्कृतिबाट अपरिचित बन्न पुगेको छ ।
तसर्थ अब हामीले आफ्नो मौलिक संस्कृति र परम्पराको जगेर्ना कुरामा सचेत रहनुपर्ने बेला आएको छ । आफूले सानैदेखि मनाउँदै आएको मौलिक संस्कृति र परम्पराको निरन्तरता दिदैं आफ्ना सन्तानहरूलाई पनि त्यस बारेमा बुझाउन सकेमा हाम्रो देशको मौलिक परम्परा र संस्कृति भोलिका दिनसम्म पनि जीवित रहिरहनेछ । हाम्रा चाडपर्व र रितिरिवाजसंगै हाम्रो देशको मौलिक परम्परा सदासर्वदा उच्च रूपमा रहिरनेछ र हामी नेपाली भनेर विश्वमा आफ्नो छुट्टै पहिचान लिएर उभिन सक्नेछौं ।
जब हाम्रो संस्कृति र चाडपर्व रहन्छ अनि बजाउने छन् दाइले गाइने सारंगी मीठो धुन/ घन्कनेछ दोहोरी भाका रोधी घरहरूमा/मीठो भाका हालेर खेतालाहरू गाउनेछन मीठा मीठा असारे गीतहरू देउसी र भैलो घन्कनेछ घर घरमा ,लाहुरे दाइ कम्मर मर्काइ*मर्काइ नाच्नेछन पानको पातमा युगौ युगसम्म ।
प्रतिक्रिया दिनुहोस