झापा जिल्लामा १० लाख बराबरको स्वास्थ्या सामाग्री हस्तान्तरण (सेवाका लागि युवा नेपाल)
474 Views

झापा, खाेज मिडिया १ असार । काे*भिड-१९ महामारी ले अहिले विभिन्न जिल्लाहरु अहिले अक्रान्त अवस्थामा छन्। यतिबेला सेवाका लागि युवा,नेपाल (Youth For Seva Nepal) द्वारा को*भिड को दोस्रो लहरबाट प्रभावित क्षेत्रहरूलाई लक्ष्यित गरि देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण निरन्तर गरिरहेकाे छ ।
यसै क्रममा झापा जिल्लाको भद्रपुर नगरपालीका, बाह्रदशी र हल्दिबारी गाउँपालिकाद्वारा संचालित आइसोलेशन केन्द्रलाई सेवाका लागि युवा,नेपाल (Youth For Seva Nepal) द्वारा भद्रपुर नगर प्रमुख जीवन कुमार श्रेष्ठलाई अक्सिजन कन्सन्ट्रेटर २ थान, पि.पि १० सेट, माक्स १५० पिस, पन्जा १०० पिस, सेनिटाइजर लगायतका स्वस्थ्य सामाग्रीहरु यसै गरि बाह्रदशी प्रमुख खड्ग राजवंशी र हल्दिबारी गाउँपालिका प्रमुख रविन्द्र लिङ्देललाई अक्सिजन कन्सन्ट्रेटर १,१ थान, सेनिटाइजरपि.पि.सेट, माक्सपन्जा लगायतका स्वस्थ्य सामाग्री संस्थाका केन्द्रिय सचिव छिवाङ्ग कर्मा तामङ्ग, स्वयंसेवक सन्दीप माझी, सागर पनेरू, बलराम विश्वकर्मालगायत अन्य स्वयंसेवकहरुको उपस्थितमा हस्तान्तरण गरेको छ ।
प्रतिक्रिया दिनुहोस