यस पालिको SEE मा पनि विद्यार्थीलाई उपस्थित गराएर परीक्षा सञ्चालन गर्न असम्भव भएपछी वैकल्पिक विधि
1170 Views
काठमाडौं, जेठ १६ गते खोज मिडिया । को*रोना म*हामारीका कारण रोकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक विधिबाट गर्न राष्ट्रिय परीक्षा बोर्डले शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ।
बोर्डका अध्यक्ष चन्द्रमणिका अनुसार विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराएर परीक्षा सञ्चालन गर्न असम्भव रहेको भन्दै वैकल्पिक विधिबाट परीक्षा गर्न मन्त्रालयसँग अनुमति मगिएको छ । उनका अनुसार यसबारे निर्णय लिन बैठकसमेत बसिसकिएको छ । मन्त्रालयसँग अुनमति मागिसकिएकाले मन्त्रालयले एसईईबारे कस्तो निर्णय गर्छ त्यसैअनुसार बोर्ड अघि बढ्ने उनले बताए ।
गत सालको एसईई परीक्षा पनि को*रोनाका कारण आन्तरिक मू*ल्यांकनबाटै परीक्षाको नतिजा सार्वजनिक गरिएको थियो । यसपाली पनि को*रोनाको दोस्रो लहरले रोकिएको परीक्षा कसरी गर्ने भन्नेबारे मन्त्रालयले नि*र्णय गरेसँगै बोर्डले आफ्नो कामकारबाही अघि बढाउँदैछ ।
एसईईसँगै कक्षा १२ को परीक्षाबारे पनि मन्त्रालयले निर्णय गर्नुपर्ने हुन्छ । कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने कार्यतालिका थियो।
गत वर्ष कक्षा १२ को परीक्षा नै लिइएको थियो भने यसपालीको परीक्षाबारे के हुन्छ भन्नेबारे मन्त्रालयले निर्णय गर्नेछ ।





प्रतिक्रिया दिनुहोस