भत्काइयो मन्थली नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहराहारू
425 Views
रोमन लामा
रामेछाप १० माघ , खोज मिडिया। मन्थली नगरपालिकाले सार्वजनिक जग्गामा बनेका घर टहराहरु भत्काउने कार्यलाई अघि बढाएको छ । नगरपालिकाले जिल्ला सदरमुकामस्थित मन्थली बजारमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहराहरु भत्काउने कार्यको सुरुवात गरेको छ। नगर प्रमुख रमेश कुमार बस्नेतको नेतृत्वमा गएको डोजर सहितको टोलीले शनिबार मन्थली बजारमा सार्वजनिक जग्गामा बनाइएको घर टहराहरू भत्काएको छ । मन्थली बजारको देवकोटा चोक तथा बीपी चोक क्षेत्रका त्यस्ता घर टहराहरू भत्काइएको छ । सार्वजनिक जग्गा मिचेर बनाइएका यस्ता घर टहराहरू क्रमशः भत्काउँदै जाने नगरपालिकाका प्रमुख रमेश बस्नेतले बताउनु भयो । अतिक्रमण गरी बनाइएका घटरटहराहरू भत्काउन पहिला सूचना दिने, त्यसो गर्दा व्यक्तिले आफैँले नभत्काए नगरपालिकाले भत्काउने बस्नेतले बताउनुभयो । यस अघि पनि नगरपालिकाले मन्थली बजारको बसपार्क क्षेत्रमा बनाइएका यस्ता घर टहरा भत्काएको थियो । १४ वडा रहेको मन्थली नगरपालिकाले बजार क्षेत्रमा मात्रै नभएर नगरपालिका भित्रका सार्वजनिक स्थलमा बनेका घर टहराहरू क्रमशः भत्काउँदै जाने योजना पनि बनाएको छ ।
प्रतिक्रिया दिनुहोस