उकाली ओराली अझै सफरहरु धेरै छन्
1752 Views
गजल
साना साना यि मनमा रहरहरु धेरै छन्
पूरा गर्न जाउ कहाँ सहरहरु धेरै छन्
गन्तव्यमा नपुग्दै पाईला कतै रोकिएर
भिडमा हराउने पो हो कि डरहरु धेरै छन्
न कसैको चिन्ता छ न छ कसैको वास्त यहाँ
आफ्नै छ सुर मान्छेको लहरहरु धेरै छन्
झिलीमिली बत्तिहरुले भरिएको यो ठाउँ
हो मेरो लागि बास छैन घरहरू धेरै छन्
जन्मिए धर्तिमा भाग्य के कोरियो थाहा छैन
उकाली ओराली अझै सफरहरु धेरै छन्
रचनाकार :सिम्रन मोक्तान तामाङ





प्रतिक्रिया दिनुहोस