नाइटबसकाे प्रेम(लघुकथा)शेर बहादुर अधिकारी
479 Views
नाइटबसकाे यात्रा। भाेजन गर्नकाे लागि बस राेकिन्छ।सुन्दर पनि खाना खानाकाे लागि झर्छ। भाेजन पछि बसकाे सहचालकले बाेलाउदै गर्छ, “लाै लाै हजुरहरु सबैजना अाउँनुस् बस हिड्न लाग्याे। जाअाैँ जाअाैँ गुरु जि । सबैजना त अाउनु भाे हैन त।”
सबैजना यात्रीहरु हतार हतारमा बसभित्र छिर्छन्।
सुन्दर बसेकाे खाली सिटमा एकजना युवती अाएर बसेकी हुन्छे। ऊ खाना खाएर अाफ्नाे सिटमा बस्छ दुबैजना टिनि यजका छन्। कर्के अाँखाले सुन्दर त्याे युवतीलाई डराउँदै हेर्छ। ऊ पनि लजाएर हेरिरहन्छे तर दुबैजनामा बाेल्ने अाँट अाउँदैन।
एक छिन पछि बसकाे लाइट अफ गरिन्छ। बस अगाडि बढ्छ। बाहिर रात चकमग्न अध्याेराे छ ।सबै यात्रुहरु निदाउन थाल्दछन् । बस भित्र गीतकाे अावाज मधुराे स्वरमा बजिरहेकाे हुन्छ।
सुन्दर र युवती केवल सुतेकाे अभिनय मात्र गरिरहेका छन्। चिनजान बाेल चाल खासै केही नहुँदा सुन्दरलाई छटपटी भइरहेकाेछ।उसकाे मनमा काैतुहलता पैदा भएर जीउ सिरिङ्ग हुन्छ र मन मनै भन्छ, ” याे कस्ताे भग्य हाे मेराे। मैले नसाेचेकै अबसरा देख्न पाउँदा म त अाफ्नै भाग्यलाई धन्यवाद दिन्छु। साैभाग्य न हाे।” उनीसित बाेल्न पाए त मेराे मनमा राख्थे; मुटुमा राख्थे,शीरमा राख्थे; अाँखामा राख्थे ,पूजा गर्थे ; सायद मुक्ति पाउँथे हाेला। खै त उनीले मेराे कुरा बुझेकाे? सायद उनीलाई पनि यस्तै भएकाे छ कि के थाहा?”
ऊ काेल्टाे फर्किदै फेरी साेच्छ,” म कस्ताे लाछी! अब त परिचय गर्नु पर्याे क्यारे “भनेर युवतीतिर फर्किन्छ।
उसले बाेल्न नपाउदै बस राेकिन्छ र खलाँसीले यात्रुलाई बाेलाउँदै भन्छ!” लाै है मुग्लीन अायाे पाेखरा जाने यात्रुहरु झर्नु हाेस्।”
युवतीले मीठाे मुस्कान दिदै सानाे झाेला हातमा समातेर ऊ हतार हतारमा बाहिरिन्छे।सुन्दर चहीँ झ्यालबाट हेरीरहन्छ। युवती बाई भनेर हात हल्लाउँदै बस भित्र छिर्छे , बस हिड्छ ।
“मेराे याे दिमाग पनि कस्ताे गाेबर भरिएकाे हाेला ? उसले बाई भनेर हात हल्लाउँदा पनि यता म भने लाटाेले केरा हेरे झै के हेरेकाे हाेला । हैट साला तेराे बुध्दि!” पश्चाताप र खिन्नताकाे भावमा “गयाे माया मुग्लिनै झरेर “भन्नै गीतकाे बाेलमा ऊ गुनगुनाउँछ। बस फेरी अाफ्नाे बाटाेतिर अगाडि बढ्छ।





प्रतिक्रिया दिनुहोस